Breaking news 1

बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने

बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं२५७०औँ बुद्धजयन्तीको पावन अवसरमा आगामी १८ वैशाखमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन्। लुम्बिनी विकास कोषले प्रधानमन्त्रीको भ्रमण र कार्यक्रमको कार्यतालिकालाई अन्तिम रूप दिएको छ। कोषले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री शाहले बुद्ध जन्मस्थलमा आयोजित विशेष पूजाआजामा प्रत्यक्ष सहभागिता जनाउने कार्यक्रम तय भएको छ। तर, विगतका वर्षहरूको तुलनामा यसपटकको समारोहमा एउटा महत्वपूर्ण परिवर्तन गरिएको छ।विगतमा राष्ट्र वा सरकार प्रमुखले बुद्धजयन्तीको औपचारिक समारोहलाई सम्बोधन गर्ने स्थापित परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्रीबाट कुनै औपचारिक भाषण वा सम्बोधन हुने छैन। कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्री शाह केवल धार्मिक अनुष्ठान र पूजामा मात्र सरिक हुनेछन्। १८ वैशाखको बिहान ५ बजे सुरु हुने कार्यक...
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइने, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाइने, केयूबाट स्टुडेन्ट काउन्सिल बनाउने कार्य सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्न विद्यालय र विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गगठनका संरचनाहरु हटाउनेदेखि शैक्षिक वातावरण, गुणस्तर अभिवृद्धि, अनलाइनबाट एनओसी लिनेजस्ता महत्वपूर्ण निर्णयहरु गरिएको छ । यसबिचमा विद्यार्थी भर्ना र शुल्क व्यवस्थापन, शैक्षिक क्यालेन्डर सुधारका कामलाई पनि कार्यान्वयनमा ल्याइएको छ ।दलीय संगठनको विकल्पमा विद्यार्थीको वास्तविक प्रतिनिधित्व गराउन आगामी ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता गैर–राजनीतिक संयन्त्रहरुको विकास गरिने छ । ६० दिनभित्र शिक्षण संस्थाहरुबाट दलीय आधारमा बनेकासङ्गगठनका संरचनाहरु हटाइने १०० बुँदे...
रास्वपा सांसद: ‘शिक्षकलाई झपार्नेदेखि एसपीलाई घिसार्ने’ सम्मका अभिव्यक्ति

रास्वपा सांसद: ‘शिक्षकलाई झपार्नेदेखि एसपीलाई घिसार्ने’ सम्मका अभिव्यक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई वैकल्पिक शक्ति, सुशासन र जनउत्तरदायी राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ । तर पछिल्ला घटनाहरूले भने यस दाबीमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।रास्वपाका दुई सांसद अलग–अलग घटनामा विवादमा तानिएका छन् । एकातर्फ विद्यालय भ्रमणका क्रममा प्रोटोकलको विषय उठाउँदै प्रधानाध्यापकलाई सार्वजनिक रूपमा झपारिएको आरोप छ भने अर्कोतर्फ न्यायको माग गर्दै धर्नामा रहेका बेला प्रहरी प्रमुखलाई लक्षित गर्दै ‘घिसारेर लैजाने’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिइएको भिडियो सार्वजनिक भएपछि जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ ।ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले गेटसम्म आएर स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउनु केवल व्यक्तिगत व्यवहारको विषय मात्र होइन, यो राजनीतिक सं...
२३ सुकुम्वासी परिवार ‘होल्डिङ सेन्टर’ मा

२३ सुकुम्वासी परिवार ‘होल्डिङ सेन्टर’ मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापित ‘होल्डिङ सेन्टर’मा शनिबार (वैशाख १२) दिउँसोसम्म २३ सुकुम्वासी परिवार पुगेका छन् । उपत्यका विकास प्राधिकरणले उनीहरूको तथ्यांक संकलन गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।थापाथली, गैरीगाउँलगायत स्थानबाट सुकुम्वासी होल्डिङ सेन्टरमा पुग्ने क्रम जारी छ ।यस्तै, प्राथमिक स्वास्थ्य उपचारका निम्ति काठमाडौं महानगरपालिका–११ को बबरमहल, वडा–३१ को भीमसेनगोला र ३२ नम्बरको पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला राखिएको छ । त्यहाँबाट सामान्य प्राथमिक उपचार प्रदान गरिरहेको सचिवालयले जनाएको छ । “होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ । सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुम्वासी बस्ती हटाउन थालेको छ । वाग्मती नदी...
सुकुमबासी नेता परियार पक्राउ

सुकुमबासी नेता परियार पक्राउ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँथापाथलीस्थित सुकुमबासी बस्तीबाट सुकुमबासी नेता पक्राउ परेका छन् । सरकारले सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै सो क्षेत्रमा प्रदर्शन भएको थियो ।सोही क्रममा सुकुमबासी मोर्चाको कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ । ...
आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै

आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखलानै चल्यो । तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विस...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख राष्ट्रपति हुनुपर्ने सुझाव दिएको हो ।श्रम संस्कृतिले सरकार गठन गर्दा कार्यकारी प्रमुखले आफ्नो कार्यसम्पादन सहज हुने व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् बनाउने व्यवस्था हुनुपर्ने पनि सुझाएको छ । पार्टीले मन्त्रिपरिषद् गठन गर्दा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । साथै, व्यवस्थापिकाको मुख्य भूमिका कानुन निर्माण, सरकारको कामको निगरानी, मूल्याङ्कन र आवश्यक सुझाव दिने हुनुपर्ने बताइएको छ । त्यसैगरी कार्यकारी प्रमुखको अधिकार र सीमालाई स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, निरंकुश बनेमा महाअभियोग लगाउने व्यवस्था राख्नुप...
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने तयारी तीव्र पारेका छन् । प्रधानमन्त्रीले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका हुन् । आजदेखि मात्रै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएका स्रोतले जानकारी दिएको छ । बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा...
नेपालको द्वन्द्व र समाधान

नेपालको द्वन्द्व र समाधान

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विदेश, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाजवादको नीति अवलम्बन गरेका देशहरु छन् ।पुंजीवाद सिद्धान्त अवलम्बन गरेका मुलुकहरुमा किन द्वन्द वढी निम्तिएको छ ! यो विषयमा गम्भिर हुनु अति आवश्यक छ। पुँजीवादी व्यवस्थामा उत्पादनका साधनहरू जस्तै जमिन, कलकारखाना ,श्रमशक्ति सरकारको नभएर निजी स्वामित्व र नियन्त्रणमा रहन्छ, आर्थिक क्रियाकलापहरु नाफा कमाउने उद्देश्यले सञ्चालन हुन्छन्, बजार प्रतिस्पर्धाका आधारमा चल्छ। पुँजीवाद लाभको लागि चलाइन्छ जसमा लगानी ,वितरण ,आय, उत्पादन, मूल्य बजार, मूल्य इत्यादिको निर्धारण स्वतन्त्र बजार प्रतिस्पर्धामा निर्धारण हुन्छ।विश्वका पुँजीवादी देशहरू संयुक्त राज्य अमेरिका( USA )संयुक्त अधिराज्य (UK) जापान, जर्मनी,क्यानडा ,अस्ट्रेलिया, स्विजरल्यान्ड ,दक्षिण कोरिया सिङ्गापुर हुन्।यी देशहरू...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । कृषि, वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गरे । यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरे । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठ...