बुद्धजयन्तीमा प्रधानमन्त्री बालेन्द्र शाह लुम्बिनी आउने


काठमाडौं
२५७०औँ बुद्धजयन्तीको पावन अवसरमा आगामी १८ वैशाखमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन्। लुम्बिनी विकास कोषले प्रधानमन्त्रीको भ्रमण र कार्यक्रमको कार्यतालिकालाई अन्तिम रूप दिएको छ।

कोषले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री शाहले बुद्ध जन्मस्थलमा आयोजित विशेष पूजाआजामा प्रत्यक्ष सहभागिता जनाउने कार्यक्रम तय भएको छ। तर, विगतका वर्षहरूको तुलनामा यसपटकको समारोहमा एउटा महत्वपूर्ण परिवर्तन गरिएको छ।
विगतमा राष्ट्र वा सरकार प्रमुखले बुद्धजयन्तीको औपचारिक समारोहलाई सम्बोधन गर्ने स्थापित परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्रीबाट कुनै औपचारिक भाषण वा सम्बोधन हुने छैन।

कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार प्रधानमन्त्री शाह केवल धार्मिक अनुष्ठान र पूजामा मात्र सरिक हुनेछन्। १८ वैशाखको बिहान ५ बजे सुरु हुने कार्यक्रम एक घण्टाभित्र अर्थात् बिहान ६ बजेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बस्नेतका अनुसारसमारोहमा प्रधानमन्त्रीका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष खड्कराज पौडेल र रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खान लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...