Breaking news 1

नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

नगदी कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान, करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।“हामीले प्राइज डट आइआरडी डट जीओभी डट एनपि (prize.ird.gov.np) नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौँ,” उपमहानिर्देशक शर्माले भने, “नगद भुक्तानी गरी स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ।” क्यूआरमार्फत गरिने कारोबार प्रणाल...
युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए

युरोपको सपना एकै रातमा टुट्यो -समुद्र तरेर स्पेन पुगेका हजारौं फर्किए

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँयुरोप‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’ मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।बिहीबार बिहानदेखि सुरु भएको यो अभूतपूर्व आप्रवासी लहरमा स्पेनको गृह मन्त्रालयका अनुसार करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तर शुक्रबार साँझसम्म तीमध्ये ४८ हजार ३ सयभन्दा बढी स्वेच्छाले मोरक्को फर्किएको मन्त्रालयले जनाएको छ ।अहिले सेउटामा दुई हजारभन्दा कम मानिस मा...
सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै

सर्वपक्षीय सक्रियतापछि तराई–मधेशको तनाव साम्य हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघसंस्था र जिल्लास्थित स्थानीय समुदायबीच सद्‍भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई/मधेशमा देखिएको तनाव साम्य हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी र धनुषामा कर्फ्यु र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ । प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेशमा उच्च अधिकृतहरूलाई नै खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपिल र सद्‍भावको पहलपछि मधेशको परिस्थिति साम्य हुँदै गएको छ । ‘शान्ति र सद्‍भावमा असर पुर्‍याउन खोज्ने ३८ जनालाई कोशी र मधेशबाट नियन्त्रणमा लिएका छौं,’ हाल सप्तरीमा खटिएका काफ्लेले भने, ‘निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ ।’गृहमन्त्...
भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

भ्रम फैलाउने फेसबुक पेजमाथि कडाइ, नागरिक कति सचेत र मिडिया कति जिम्मेवार ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसामाजिक सञ्जाल र केही डिजिटल सञ्चारमाध्यमले धार्मिक-सामाजिक सद्भाव भड्काउने तथा त्रास फैलाउने भ्रामक सामग्री सम्प्रेषण गरेपछि प्रेस काउन्सिल नेपालले कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचारसमेत गरेको छ । काउन्सिलले हालै सार्वजनिक गरेको मिडिया अनुगमन विवरणअनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिइएको थियो । काउन्सिलको कडा निर्देशनपछि तीमध्ये १० वटा सञ्चारमाध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन् । तर, ‘एचटीपी खबर’ नामक अनलाइनले भने नियामक निकायको निर्देशनलाई अटेर गर्दै सामग्री नहटाएपछि थप कारबाहीको प्रक्रिया अघि बढाइएको काउन्...
साउन १५ अर्थात् खीर खाने दिन

साउन १५ अर्थात् खीर खाने दिन

Breaking news 1, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।यद्यपि राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ ।संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं ...
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ।समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगश...
प्रतिनिधि सभाको बैठक- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो: प्रचण्ड

प्रतिनिधि सभाको बैठक- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो: प्रचण्ड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् ।विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन् । उनले भने- 'संख्या अस्थायी हो । मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो । जनताप्रति उत्साह ल्याउनुपर्छ ।’ साथै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुराना नेताहरुसँग संवाद नगरेको भन्दै आलोचना गरेका थिए । उनले भने- 'प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो ? आफ्नै अंहकारले रोकेको हो कि के हो ? अनुभव लिन कन्जुस्यायी गर्न आवश्यक छ र ? तपाईंहरु जति संवादबाट टाढा जानुहुन्छ। प्रतिपक्षलाई जति अवमूल्यन गर्नुहुन्छ त्यति राष्ट्र, जनता अफ्ठ्यारोमा पर्ने देखिन्छ।’ प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले रोस्टमबाट दिँदा सानो नभइ...
१४ दिनपछि आज बस्दैछ प्रतिनिधि सभा बैठक, यि हुन् कार्यसूची

१४ दिनपछि आज बस्दैछ प्रतिनिधि सभा बैठक, यि हुन् कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधि सभाको बैठक बस्दैछ। बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको हो। बैठक असार ३१ गतेयता पहिलो पटक बस्न लागेको हो। आजको बैठकका लागि दुइटा मात्रै कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। ...
आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति पछि आन्दोलन फिर्ता

आन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति पछि आन्दोलन फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआन्दोलनरत चिकित्सक र सरकारबिच ५ बुँदे सहमति भएको छ । बुधबार सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययो...
संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधिसभा बैठक ३१ असारदेखि १४ साउनसम्म र राष्ट्रिय सभा बैठक ३१ असारदेखि नै १५ साउनसम्म स्थगन गरिएको छ । बैठक बस्ने दिन नजिकिँदा राष्ट्रिय सभामा तत्काल कुनै ‘बिजनेस’ छैन । प्रतिनिधिसभामा पनि ‘बिजनेस’ अभाव छ । राष्ट्रिय सभामा नयाँ विधेयक छैनन्, यसअघि दर्ता भएका विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएका छन् । प्रतिनिधिसभामा विचाराधीन विधेयकको संख्या ८ छ । तीमध्ये एउटा मात्रै सभामा छ, अरू संसदीय समितिमा छन् । समितिमा रहेका सात विधेयकमध्ये तीनवटा प्रतिनिधिसभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका हुन् । प्रतिनिधिसभामा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन छ । त्यसबाहेक नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) व...