Breaking news 1

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति भन्न सकिन्न : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले)का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व व्यवस्था परिवर्तनको चरणमा रहेको भन्दै सार्वभौम समानता, शान्ति, सहअस्तित्व र बहुपक्षीयताको पक्षमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरू एकजुट हुनुपर्ने बताएका छन्। क्युबाको कम्युनिस्ट पार्टीको आयोजनामा हवानामा भएको २४औँ अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शक्ति राष्ट्रको हस्तक्षेप, दबाब र सैन्य प्रभुत्वले विश्व शान्ति तथा अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको धारणा राखे। बैठकमा ५० देशका कम्युनिस्ट तथा श्रमिक पार्टीका प्रतिनिधि सहभागी थिए। ज्ञवालीले क्युबामाथि लामो समयदेखि जारी नाकाबन्दी र दबाबका बाबजुद क्युबाली जनता, सरकार र कम्युनिस्ट पार्टीले देखाएको दृढताको प्रशंसा गर्दै एमालेको ऐक्यबद्धता व्यक्त गरे। उनले पछिल्ला दशकमा पश्चिमी प्रभुत्व क्रमश...
आज सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।बिहान ११ः०० बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्न्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ ।महिला तथा सामा...
सरकारसँगै छैन सुगौली सन्धिको आधिकारिक अभिलेख? परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिले उठायो गम्भीर प्रश्न

सरकारसँगै छैन सुगौली सन्धिको आधिकारिक अभिलेख? परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिले उठायो गम्भीर प्रश्न

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंनेपालको भूगोल, सार्वभौमसत्ता र कूटनीतिक इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने दुई महत्वपूर्ण सन्धिका आधिकारिक अभिलेखबारे सरकार नै अनिश्चित देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नेपालको ऐतिहासिक दस्ताबेज संरक्षण र अभिलेखीकरण प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसम्बन्धी केही दस्ताबेज सरकारसँग भए पनि ती सन्धिका आधिकारिक मूल अभिलेख सरकारसँग सुरक्षित छन् वा छैनन् भन्ने विषयमा एकीन जानकारी नरहेको बताएका हुन्।“हामीसँग केही दस्ताबेजहरू छन्, तर सन्धिको औपचारिक दस्ताबेज नै छन् कि छैनन् भन्नेबारे नेपाल सरकारसँग यकिन जानकारी छैन,” मन्त्री खनालको भनाइ थियो।किन महत्वपूर्ण छ सुग...
प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ ।राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ ब...
देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ। पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ। अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएक...
कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलकपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंह यसअघि मोटरसाइकल भेटिएको स्थान नजिकै आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ । प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरिरहेको बताएको छ । शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको खोजीमा ८० भन्दा बढी सुरक्षाकर्मी र स्थानीयहरुले खोजी अभियान सञ्चालन गरेको थियो । ...
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने

सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गरे ।सभापति लामिछानेले भने- ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्...
प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिंदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर...
थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या

थाइल्यान्डका एक किशोरले हजुरबुबा-हजुरआमा,शिक्षकगरी कम्तीमा सातको गरे हत्या

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँथाइल्यान्डमा एक किशोरले विद्यालय पुगेर शिक्षकहरूको हत्या गर्नुअघि आफ्ना हजुरबुबा–हजुरआमाको हत्या गरेका थिए। उनले गोली हानेपछि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्यमन्त्री पट्टाना प्रोम्फातका अनुसार विद्यालयमा ५ जना शिक्षकको मृत्यु भएको छ। गोली हान्ने आरोपित १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका छन्। उनले राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा–हजुरआमालाई मारेपछि विद्यालय गएको थाइल्यान्डका सार्वजनिक स्वास्थ्यमन्त्रीले बताए।उनका अनुसार हजुरबुबा–हजुरआमा घरमै मृत भेटिएका थिए। प्रहरीका अनुसार ती किशोरले प्रयोग गरेको ९ एमएम पिस्तोल उनका हजुरबुबाको थियो। हजुरबुवा शिक्षक थिए। सातौं कक्षाकी एक विद्यार्थीले आफू कक्षाकोठामा हुँदा गोली हान्ने ती किशोर एक कोठाबाट अर्को कोठामा हिँडिरहेका देखेको बताइन्। त्यसपछि उनले कक्षाकोठाको अगाडि उ...
राष्ट्रिय परिचयपत्रको ‘सर्भर’ समस्याले १६ निकायका काम प्रभावित

राष्ट्रिय परिचयपत्रको ‘सर्भर’ समस्याले १६ निकायका काम प्रभावित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं१२ हजार तिरेपछि विभागले कम्तीमा २४ घण्टा र बढीमा ४८ घण्टामा राहदानी उपलब्ध गराउनुपर्ने हुन्छ तथापिराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा समस्या देखिंदा यसको असर केवल राहदानी विभागमा मात्रै परेको छैन, परिचयपत्र अनिवार्य भएका अन्य शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, चिकित्सा शिक्षा आयोग, यातायात व्यवस्था विभाग, सूचना प्रविधि विभाग, आन्तरिक राजस्व विभाग, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, कर्जा सूचना केन्द्र, राष्ट्रिय किताबखाना (निजामती), नेपाल राष्ट्रबैंक, निवृत्तिभरण व्यवस्थापन कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालय गरी १६ निकाय पनि प्रभावित छन् । पञ्जीकरण विभागको सर्भरमा समस्या आउँदा राहदानी विभागले समस्या समाधान गर्न पञ्जीकरण विभागले पत्र नै लेखेको थियो । सोको जवाफमा भने स...