Breaking news 1

साउनदेखि मंसिरसम्म ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

साउनदेखि मंसिरसम्म ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।  त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन।प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो।सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो।तर, मंस...
बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि पनि प्रतिवादी

बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, रवि पनि प्रतिवादी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल  प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको छ । सुप्रिम बचत तथा ऋण सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले   बताए ।  लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएक...
सिद्धवावा सुरुङ मार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश

सिद्धवावा सुरुङ मार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल मृत्यु मार्गको रूपमा परिचित बुटवल पाल्पा सडक खण्डको अति जोखिम सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश गरेको छ । सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको समाचारले यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौं यात्रुलाई खुसी दिलाएको छ । पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ । सुरुङमार्गमा दुईवटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन् । सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगको छ । अव यो सडकमा अर्को बर्ष ठिक यही बेलामा सवारी साधन सञ्चालन गर्न सकिने भएको । यो सुरुङमार्ग निर्माणबाट इमान्दारिता र प्रतिवद्धता अनुरूप काम गर्ने हो भने कुनैपनि काम समय अगावै गर्न सकिन्छ भन्ने सन्देश निर्माण कम्पनीले दिएको छ । बुटवल ...
रूपन्देही विद्युतीय व्यवसायी संघको १३ वर्ष : के कस्ता रहे उपलब्धि ?

रूपन्देही विद्युतीय व्यवसायी संघको १३ वर्ष : के कस्ता रहे उपलब्धि ?

Breaking news 1, फिचर, बिज्ञान प्रबिधि, समाचार, समाज
श्रीराम ज्ञवाली बुटवल रूपन्देहीका विद्युतीय व्यवसायीहरूको छाता संस्था रुपन्देही विद्युतीय व्यवसायी संघ २०६७ सालमा रूपन्देहीमा विधिवत् शुभारम्भ भएकाे हाे। बुटवलका विद्युत व्यवसायीहरूले २०६५ सालमा बुटवल विद्युतीय व्यवसायी संघ स्थापना गरेर सुरुवात भएको संघ रूपन्देही जिल्लाका विद्युतिय व्यवसायीलाई समेट्दै जिल्ला संघ बनेको हो। जिल्ला संघ गठन नहुँदा सम्म महासंघको मातहतमा केही सहजीकरण हुने गर्दथ्यो। तर विद्युतीय व्यवसायीका समस्या र सांगठनिक गतिविधिमा सहज थिएन। रूपन्देहीमा स्थापना भए पश्चात विद्युतीय व्यवसायीहरूका आफ्ना व्यवसाय सञ्चालन ,सहकार्य , व्यावसायका हक हितका लागि सहज हुन गयो। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलबारीमा संघले आफ्नै भवनमा कार्यालय स्थापना गरेको छ।विद्युतीय क्षेत्रमा अवसर र चुनौती दुवै रहेको छ। संघमा आबद्ध व्यवसायीहरूका लागि १ लाख रुपैयाँ बराबरको ...
रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतकाे आदेश

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धराैटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएकाे छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएकाे थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र सरकारी वकिल सबैको बहस आजै सकिएकाे थियाे । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि यो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएकाे थियाे । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको ...
तराईका धेरै ठाउँमा आज पनि हुस्सु , सडकमा गाडी चलाउन समस्या

तराईका धेरै ठाउँमा आज पनि हुस्सु , सडकमा गाडी चलाउन समस्या

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै  मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको छ । यस्तो समस्या बुटवल–नारायणगढ सडकमा बढी छ । आज पनि यस सडकखण्डमा गाडी चलाउन समस्या रहेको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजोदेखि नै बाक्लो हुस्सुसँगै शीतलहर चलेको छ । हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको हो । हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको छ । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । मध्य र पश्चिम तराईमा घर बाहिर निस्कँदा कपडा भिज्ने खालको शी...
अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे आईएमएफका अधिकारीहरूको छलफल

अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे आईएमएफका अधिकारीहरूको छलफल

Breaking news 1, राजनीति, समाचार, समाज
काठमाडौं अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसिएफ)को समीक्षा गर्न आईएमएफ टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेको छ ।  आईएमएफको समीक्षा टोलीका प्रमुख सर्वत जहान नेतृत्वको प्रतिनिधिमण्डलसँग आफ्नै कार्यकक्षमा भएको भेटमा अर्थमन्त्री पौडेलले पछिल्लो समय देशको अर्थतन्त्रमा सुधार देखिएको र सुधारका भावी कामले थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरेकाे मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।  उनले आर्थिक चुनौतीलाई कानुनी, नीतिगत, र संवादात्मक माध्यमबाट सम्बोधन गर्न सरकार तयार रहेको र सुधारका लागि विशेष ध्यान दिइरहेको जानकारी गराए । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई मुलुकको राष्ट्रिय सन्दर्भ र आवश्यकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्य...
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

Breaking news 1, पत्रपत्रिका, समाचार
काठमाडौं  मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।  भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।  मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो  । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ...
धनराज गुरूङसँग सिआइबीले गर्‍यो दोस्रोपटक सोधपुछ

धनराज गुरूङसँग सिआइबीले गर्‍यो दोस्रोपटक सोधपुछ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ। सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा बढी सोधपुछ गरेको हो। ‘आज मध्याह्न १२ बजेदेखि अपराह्न ४/५ बजेसम्म उहाँ (धनराज गुरूङ) सँग बयान लियौं,’ सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले सेतोपाटीसँग भने। गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्। यसअघि पनि बयान लिँदा गुरूङले सिआइबीसँग यस विषयमा आफ्नो संलग्नता नभएको बताएका थिए। सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ। यी पनि:  यो पनि: छानबिन समिति नै भन्छ: धनराजलाई अनुसन्धान गरी शीघ्र क...
तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प काठमाडौमा  ठुलै धक्का महसुस

तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प काठमाडौमा ठुलै धक्का महसुस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं काठमाडौंमा आज बिहान शक्तिशाली भूकम्पको धक्का मशशुस भएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । तिब्बत केन्द्र बिन्दु बनाएर ७ म्याग्निच्युड क्षमताकाे भूकम्प, रौतहट लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । रौतहटहित देशका विभिन्न भागमा भूकम्पको कम्पन गएको छ । भूकम्पले हल्लाउन थालेपछि स्थानियहरु कोलाहलगर्दै घर बाहिर निस्किएका छन् ।भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु चीनको स्वशासित क्षेत्र तिब्बतको डिङगी काउन्टी रहेको छ । केन्द्रका अनुसार भूकम्प ७ म्याग्निच्युडको रहेको छ । भूकम्प मंगलबार बिहान ६ बजेर ५३ मिनेटमा गएकाे केन्द्रले जनाएकाे छ । भूकम्पकाे केन्द्र बिन्दु नेपालका संखुवासभा र ताप्लेजुङ जिल्लासँग सीमा जाेडिएकाे छ । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।  ...