पत्रपत्रिका

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसंखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ।हालसम्म मानवीय वा भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। दुवै जिल्लाका सुरक्षा निकायले अवस्था सामान्य रहेको र थप जानकारी संकलन भइरहेको बताएका छन् ...
बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।आयोगले बिहीबार (फागुन १४) चुनावका बेलामा विवादित भिडियो ल्याइएको भन्दै हटाउन पत्राचार गरेको हो ।बीबीसीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ । ...
निर्वाचन अवधिमा सुरक्षा र स्वास्थ्य सम्बन्धि सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन

निर्वाचन अवधिमा सुरक्षा र स्वास्थ्य सम्बन्धि सेवा तयारी अवस्थामा राख्न आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सुरक्षा तथा सहजीकरणसम्बन्धी विशेष निर्णय गरेको छ ।निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा, वर्तमान सुरक्षा अवस्थाको मूल्यांकन तथा आवश्यक मार्गदर्शनका आधारमा विभिन्न निर्णय गरी कार्यान्वयन गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई गृह मन्त्रालयमार्फत निर्देशन दिइनेछ। निषेध गरिएका गतिविधि भएमा तत्काल कानुनबमोजिम कारबाही गरी आयोगलाई जानकारी गराइने व्यवस्था मिलाइनेछ । त्यसैगरी मतदानको मितिभन्दा सात...
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको समुपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा नेपाल र भारत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको वन मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले जानकारी दिए । नेपाल र भारत संयुक्त राष्ट्र सङ्घअन्तर्गत जैविक विविधतालगायत विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन् । दुवै राष्ट्रको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैव...
रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै

रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा सबै क्षेत्रमा उम्मेदारहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा घटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।...
यि हुन् बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यि हुन् बुधबार सार्वजनिक गरिएका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंमंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् ।जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन । यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता एवं गृह...
बिष्णु पौडेल बिकास, समन्वय र एकताका सुत्राधार

बिष्णु पौडेल बिकास, समन्वय र एकताका सुत्राधार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार
टेकराज गौतम२०३३ सालतिर बिष्णु पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए। उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो।जेल बे्रक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षिय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाएका नेता हुन्।लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए। २०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ ।विमानस्थलको प्रस्थान होल्ड ब्यागेज जाँचका क्रममा स्वीडिस नागरिक ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई पक्राउ गरिएको हो । उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जाने तयारीमा थिइन् । जाँचका क्रममा उनका ब्यागबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चाइनीज युआन ७ हजार ४०० र स्वीडेनका ४३ हजार क्रोनर फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेकी कुन्चोक खाण्ड्रोलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । ...
चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्‍याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गरेको जुलुस, बैठक, कोणसभा वा अन्य कार्यक्रममा बाधा पुर्‍याउन नहुनेछ। उल्लंघन भएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ। ...
मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई

मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँयसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीलाई देशभर परिचालन गरिएको छ । सेनाका अनुसार करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा परिचालन भइसकेका छन् । गृहका अनुसार नेपाल प्रहरीबाट करिब ७१ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् । मतदानस्थलको भित्री सुरक्षा व्यवस्थापन ...