पत्रपत्रिका

रास्वपालाई दुई तिहाइको लागि २ सिट कम, ६ वटा दल बने राष्ट्रिय पार्टी

रास्वपालाई दुई तिहाइको लागि २ सिट कम, ६ वटा दल बने राष्ट्रिय पार्टी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँप्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन्। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख स्थान ओगटेको छ भने नेपाली कांग्रेस र एमालेसहित अन्य दलहरू केही कमजोर देखिएका छन्। रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थ्रेसहोल्ड कटाउन सफल भएका छन्। यसमा कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतको गणना गरिएको छ। रास्वपाले ५१ लाख ५७ हजार ९३० मत (४७.८२ प्रतिशत) ल्याएको छ भने, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) प्राप्त गरेका छन्। एमलेले १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेकपाले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत) ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) प्राप्त गरेको छ...
लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?

लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलदेशभरीमा ४८ प्रतिशत हाराहारी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लुम्विनी प्रदेशमा ४६.१६ प्रतिसत मत पाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको मतमध्ये ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको हो। त्यस्तै, लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले खसेको कुल मतको १६.२५ प्रतिशत अर्थात् ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा एमालेले खसेको मतमध्ये १४.६६ प्रतिशत अर्थात् २ लाख ९६ हजार ५४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले ७.६७ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.९५ प्रतिशत मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा ५७ वटा राजनीतिक दल चुनावमा भाग लिएकोमा ५ वटा दलबाहेक अन्य दलले थ्रेस होल्ड ...
सरकार गठन र प्रतिनिधिसभाको बैठक बोलाउने तयारी हुँदै

सरकार गठन र प्रतिनिधिसभाको बैठक बोलाउने तयारी हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रत्यक्षको पछि समानुपातिक तर्फको मत गणनापनि अब सकिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दल राष्ट्रिय दल बनेका छन् ।निर्वाचन आयोगले अब अन्तिम मतपरिणाम रुजु गरेर समानुपातिक तर्फको सिट बाँडफाँड गर्ने तयारीमा लागेको छ । आयोगले मत परिणाम रुजु गरेपछि दलहरुले जित्ने सिटको टुंगो लगाउने र समानुपातिक सांसद छनौट गर्न दलहरूलाई केहि दिन समय दिने तयारीमा रहेको छ । दलहरुले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट सांसद चयन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै मतपरिणाम आएसँगै अब प्रतिनिधि सभाको बैठक बोलाउने तयारी समेत श...
समानुपातिकतर्फको मतगणना सकियो, सीट संख्या निर्धारणको गृहकार्य सुरू

समानुपातिकतर्फको मतगणना सकियो, सीट संख्या निर्धारणको गृहकार्य सुरू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंयही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ । ...
ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुगेका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्।कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । समाजका सबै वर्गले धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको समग्र शान्त...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको बताएका छन् ।चितवनमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भदौ २३ र २४ मा सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै समुह र व्यक्ति भएको बताएका हुन् ।उनले भने- 'पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोलि हानियो, त्यसपछि संरचना जलेका हुन् । जल्नु हुदैनथ्यो, गलत भयो तर गोलि ठोक्न हुदैनथ्यो मान्छे मार्न हुदैनथ्यो, त्यहीबाट ब्रिग्रिएको हो । आज पनि सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसले जलायो, जसले सिंहदरबारलाई भ्रष्टचारको अखडा बनायो ।' उनले आफुलाई अन्तिम इच्छा सोधिएको उल्लेख गर्दै फागुन २१ मा अन्तिम इच्छा पुर्याइदिन आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै पुराना दलले देश बनाउछन् भन्ने विश्वास अझै पनि छ भने सबै मत उ...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज
ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आदिको विभेदलाई अन्त्य गर्न र नागरिकलाई अधिकार सम्पन्न गराउन मौलिक अधिकारहरु संबिधानमा नै व्यवस्था गरिएकोको छ । अहिले को संबिधान अनुरूप नागारिक सार्वभौम सत्ता सम्पन्न हुन तर यी हक अधिकारको ब्यबस्था हुनु भन्दा पूर्वको अबस्था हक अधिकार स्थापीत हुनु हो सोही हक अधिकार स्थापीत गराउनमा विगतका त्याग तपस्या बलिदानलाई हेर्ने हो भने मगर समुदाय अग्रपंतिमा देखिन्छ । चाहे त्यो राणा शासनको अन्त्यको आन्दोलनमा होस् चाहे त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्तमक राज्य ब्यबस्था स्थापना गर्नेमा होस् । बिशेष त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा मगर समुदायको भूमिका विशिष्ट र महत्त्वपूर्ण रहेको छ । नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता तथा सामाजिक रूपान्...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणका लागि समस्या पहिचान गरी समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले विकास निर्माणका काम नगर्ने व्यक्तिलाई रुखमा बाँध्ने भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै थापाले त्यस्तो शैलीले देश नबन्ने स्पष्ट पारे ।उनले उदाहरण दिँदै भने, “एयरपोर्टमा जहाज अवतरण भएन भनेर पाइलटलाई कोर्रा हानेर समाधान हुँदैन । त्यसको वास्तविक समस्या के हो भन्ने पहिचान गर्नुपर्छ ।” उनले सडक निर्माण ढिला हुनुका कारण कानुनी जटिलता रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न आफूले ४१ वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको बताए। “सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दै...
उम्मेदवारका परिवार सहितको बैंक खातामा आयोगको निगरानी

उम्मेदवारका परिवार सहितको बैंक खातामा आयोगको निगरानी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैँनिर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो ।चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोवारमा निगरानी बढाएको हो ।शुक्रवार कुराकानी गर्दै केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन ख...
निर्वाचन आउन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

निर्वाचन आउन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ।आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो। सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने...