पत्रपत्रिका

पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता

पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँनिर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरूमा आरोप प्रत्यारोप सुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौँ नेताहरूले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्षधर भने डिफेन्सिभ देखिएका छन् ।यसैबिच नेताहरूबिच आरोप प्रत्यारोप पनि सुरु भएको देखिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध पनि गरेको थिएँ। त्यस बेला उहाँले ताप्लेजुङ ...
मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंमनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।प्रहरीले बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना सवार रहेको जानकारी दिएको छ । तीर्थयात्री बोकेको ईभी माइक्रोबस मन्दिर दर्शन सकेर फर्किने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ ।घाइते केहिको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले मृतकहरूको पहिचान खुल्न नसकेको र दुर्घटना बारे अनुसन्धान गरिरहेको बताएको छ । ...
लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो। लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको भनेर समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति नभएको पनि बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी आएको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। इसराइली सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भौतिक क्षतिबाहेक मानवीय क्षति नभएको बताएका छन्। ‘घटना हि...
निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
चितवनयही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्यालो बनाउन यहाँको उद्योग सङ्घ, सिटिइभिटी तथा घरेलु कार्यालयसँग सहकार्य गरी दुई चरणमा व्यावसायिक तालिम उपलब्ध गराउने पहल गरिएको बताए ।उनका अनुसार एक वर्षमा एक हजार २०० जनालाई र अर्को वर्ष बाँकीलाई तालिम दिने व्यवस्था गरिनेछ । समिति गठन गरी त्यसैमार्फत इच्छुक निर्वाचन प्रहरीलाई निःशुल्क रूपमा तालिम उपलब्ध गराइने उनले जानकारी दिए । निर्वाचनका क्रममा उत्कृष्ट काम गरी निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा निर्वाचन प्रहरीलाई धन्यवाद व्यक्त गर्दै प्रजिअ अर्यालले भने, “चितवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना भएर काम गरेका निर्वाचन प्रहरीलाई हामीले बिदाइ गरे...
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरूको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई निर्देशन गरिएको छ ।आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको छ । “अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको छ, यसका लागि आयात हुनुपर्ने कच्चापदार्थ साबिकबमोजिम नियमित रूपमा नै आपूर्ति भइरहेको छ”, विज्ञप्तिमा भनिएको...
बुटवलमा रहेको एक जुत्ता पसलमा आगलागी, करोडौँ क्षतिको अनुमान

बुटवलमा रहेको एक जुत्ता पसलमा आगलागी, करोडौँ क्षतिको अनुमान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवलमा रहेको एक जुत्ता चप्पलको थोक पसल तथा गोदाममा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । बुटवल उपमहानगरपालिका–४ संगमपथस्थित गुल्मी रेसुङ्गा ट्रेडर्समा शुक्रबार साँझ आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त जुत्ता–चप्पलको थोक पसल तथा गोदाममा साँझ करिब ७ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । दमकलको सहयोगमा केही समयमै आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीको खबर पाउनेबित्तिकै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय घटनास्थल पुगेर आगलागी नियन्त्रणका लागि आवश्यक समन्वय गरेका थिए । आगलागीबाट भएको वास्तविक क्षतिको विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ । साथै आगलाग...
मन्त्रालयको संख्या घटाउने गृहकार्यमा बालेन

मन्त्रालयको संख्या घटाउने गृहकार्यमा बालेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरु गरेका छन्। स्रोतका अनुसार सरकारको स्वरूप र आकारबारे पार्टीभित्र छलफल भइरहेको छ । रास्वपाले आमनिर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सांसदको समर्थनमा बालेन प्रधानमन्त्री बन्नेछन् । थप दुई सांसदले समर्थन गरेमा दुई तिहाइ बहुमत प्राप्त हुने भएकाले उनी नेपालको संसदीय इतिहासमै शक्तिशाली प्रधानमन्त्री हुने देखिन्छ । समानुपातिकतर्फको संख्या यकिन भए पनि कुन सांसदलाई मन्त्रालय दिने भन्ने निर्णय अझै टुंगिसकेको छैन। निर्वाचन आयोगबाट संख्या प्राप्त भएपछि रास्वपाले त्यसअनुसार निर्णय गरी पार्टी बैठकमार्फत औपचारिक छलफल गर्नेछ। बालेनले संसदबाहिरबाट विज्ञलाई मन्त्री बनाउने चर्चा भए पनि स्रोतले त्यस्तो सम्भावन...
अमेरिका-इजरायल-इरान युद्ध, मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र सचिव राई

अमेरिका-इजरायल-इरान युद्ध, मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र सचिव राई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंपरराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्कालै ठूलो संख्यामा उद्धार गर्नु सजिलो नभएको बताएका छन्। त्यसका लागि राष्ट्रिय स्तरको तयारी र योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले औपचारिक रूपमा करिब १९–२० लाख नेपाली विदेशमा रहेको र अनौपचारिक रूपमा समेत जोड्दा २५–३० लाखसम्म नेपाली विदेशमा रहेको अनुमान गरिएको जानकारी दिए। ‘हामी त्यहाँ लडाइँ गर्न गएको होइन, काम गर्न गएको हो। दु:ख गरेर काम गरेर रेमिट्यान्स पठाउँछु भन्ने मानसिकताका कारण धेरै नेपाली तत्कालै फर्किने मनस्थितिमा पनि हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘यति ठूलो संख्यामा नागरिकलाई उद्धार गरेर नेपाल फर्काउनुपर्ने अवस्था आयो भने त्यो राष्ट्रिय स्तरको योजनासहितको तयारी आवश्यक पर्ने विषय हो।’ यद्यपि आवश्यक परेको अवस्थामा मध्...
रास्वपालाई दुई तिहाइको लागि २ सिट कम, ६ वटा दल बने राष्ट्रिय पार्टी

रास्वपालाई दुई तिहाइको लागि २ सिट कम, ६ वटा दल बने राष्ट्रिय पार्टी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँप्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन्। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख स्थान ओगटेको छ भने नेपाली कांग्रेस र एमालेसहित अन्य दलहरू केही कमजोर देखिएका छन्। रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थ्रेसहोल्ड कटाउन सफल भएका छन्। यसमा कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतको गणना गरिएको छ। रास्वपाले ५१ लाख ५७ हजार ९३० मत (४७.८२ प्रतिशत) ल्याएको छ भने, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) प्राप्त गरेका छन्। एमलेले १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेकपाले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत) ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) प्राप्त गरेको छ...
लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?

लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलदेशभरीमा ४८ प्रतिशत हाराहारी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लुम्विनी प्रदेशमा ४६.१६ प्रतिसत मत पाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको मतमध्ये ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको हो। त्यस्तै, लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले खसेको कुल मतको १६.२५ प्रतिशत अर्थात् ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा एमालेले खसेको मतमध्ये १४.६६ प्रतिशत अर्थात् २ लाख ९६ हजार ५४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले ७.६७ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.९५ प्रतिशत मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा ५७ वटा राजनीतिक दल चुनावमा भाग लिएकोमा ५ वटा दलबाहेक अन्य दलले थ्रेस होल्ड ...