पत्रपत्रिका

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।  मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई  उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । कार्यवाहक...
विश्व पर्यटन दिवस : यि हुन् लुम्विनी प्रदेशका पर्यटकीय स्थलहरु

विश्व पर्यटन दिवस : यि हुन् लुम्विनी प्रदेशका पर्यटकीय स्थलहरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
हिमालयको काखमा अवस्थित हाम्रो देश हरियाली प्राकृतिक सौन्दर्यले भरिपुर्ण रुपमा सजिएको सुन्दर राष्ट्र हो भन्ने कुरा पनि सर्वविदितै छ। यहाँका गगनचुम्बी हिमाली दृश्यहरु हेर्न र सांस्कृतिक पक्षलाई अवलोकन गर्न धेरै राष्ट्रका विदेशी पर्यटकहरु नेपालमा आउने गर्छन।  त्यसैले हामी हाम्रै आगनमा भएका स्थानहरुको समय समयमा भ्रमण गरेर आनन्द लिनु पर्छ। त्यसैले यस पटकको बिश्व पर्यटन दिवसका अवसरमा घुम्नका लागि हामीले लुम्विनी प्रदेशका यि ठाउहरु सिफारिस गरेका छौं। लुम्बिनी विश्वमा नेपाल मन्दिरै मन्दिरको धार्मिक संस्कृति सम्पन्न राष्ट्र हो । यसै मुलुकको लुम्बिनीमा जन्मेको गौतम बुद्ध जस्ता ज्ञानका ज्योतीले नेपालको पौराणिक धार्मिक गाथालाई उच्च राखेको कुरा बौद्धिक ग्रन्थमा उल्लेख भएको पाईन्छ। लुम्विनीले तराई क्षेत्रको सानो भु-भाग मात्र ओगटेको भएपनि धार्मिक दृष्टिले अत्यन्त महत्वपुर्ण श्रद्धा भक्त...
शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) ५६ रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस  राेक लगाउने निर्णय गरेको हो।  आगामी ३ दिन अति भारी  बर्षा हुने भएका कारण विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा उक्त दिन रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन। त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि...
भारी बर्षाको उच्च जोखिममा रहेका ५६ जिल्लालाई ‘रेड अलर्ट ‘

भारी बर्षाको उच्च जोखिममा रहेका ५६ जिल्लालाई ‘रेड अलर्ट ‘

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल । जल तथा मौसम बिज्ञान बिभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।  देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।  जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असोज १३ गते आइतबारसम्मै रहने बताइएको छ। ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण  २०८१ असोज १० गते बिहीब...
हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताए । प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए । “हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै ज...
एनपिए लुम्बिनीले मनायो अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवश

एनपिए लुम्बिनीले मनायो अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवश

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल औषधि व्यवसायीहरूको छाता संगठन(NPA) नेपाल फर्मास्युटिकल एसोसिएसन लुम्बिनी प्रदेश कमिटीले बुधबार रूपन्देहीको तिलोत्तमा भलबारी स्थित सनराइज फुट्सलमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशका ८ वटा टिम सहभागी भएको खेलमा बुटबल हस्पिटल प्राली प्रथम भएको छ भने एसियन फर्मास्युटिकल प्रालीले दोस्रो स्थान हासिल गरेको छ। २५ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवसको अवसरमा लुम्बिनी प्रदेश कमिटीले प्रथम एनपीए फुट्सल कप आयोजना गरेको हो। संस्थाले खेलसँगै रूपन्देहीको भैरहवा मिलनचोक देखि बुद्धचोकसम्म जनचेतनामूलक र्यालि समेत निकालेकाे थियो। र्यालीबाट औषधि दुरुपयोग नगर्ने ,आधिकारिक औषधि विक्रेताबाट मात्र औषधि खरिद बिक्री गर्ने जस्ता सन्देशमूलक नाराहरू समेटिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अमृत गौरोले एस...
यस्तो रहनेछ आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

यस्तो रहनेछ आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल । जल तथा मौसम बिज्ञान बिभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।  देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।  त्यसकारण बिहान मौसमको अवस्था देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  महाशाखाले दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।  कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना...
भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धि पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताए । ‘रानीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिन्छ । मैले साथ पाईरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ’– उनले भने, ‘राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ ...
सहकारी ठगीको आरोप लागेका व्यक्तिले रकम फिर्ता गरे मुद्दा नचलाईने

सहकारी ठगीको आरोप लागेका व्यक्तिले रकम फिर्ता गरे मुद्दा नचलाईने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
महान्यायाधिवक्ताले सहकारी ठगीमा आरोप लागेका व्यक्तिले ठगी गरेको रकम फिर्ता गरेमा उसलाई मुद्दा नचलाउने निर्देशन जारी गरेका छन्। महान्यायाधिवक्ता रमेश बडालले सहकारीको ठगी भएको रकम फिर्ता गरेका त्यस्ता व्यक्ति र पीडितबीच मिलापत्र गराई अदालतमा मुद्दा नचलाउने निर्देशन जारी गरेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् महान्यायाधिवक्ता बडालले सो निर्देशन जारी गरेका हुन्। उनले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा मुद्दा चल्ने बताए।  ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरू पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने निष्कर्षमा आफूहरू पुगेको उनले बताए। उनले भने, ‘फौजदारी मुद्दा मिलापत्र गर्ने विषय भनेको हाम्रोमा अलिकति नयाँ विषय हो। विशेष गरी सरकारवादी फौजदारी मुद्दाको सन्दर्भमा। पहिलो पटक २०६४...
लुम्बिनी बिकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीको समूहद्वारा आक्रमण

लुम्बिनी बिकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीको समूहद्वारा आक्रमण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन । कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ । केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे । ...