पत्रपत्रिका

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बधाई दिंदै लेखेका छन्, ‘राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हो । हामी तपाईं नेतृत्वमा द्धिपक्ष सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने विश्वास व्यक्त गर्दछौं ।’ रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले प...
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडाै । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा ग्रहण गर्दछन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तप...
प्रधानमन्त्रीको हत्या गर्ने राम्रो मौका भन्दै भिडियो बनाउने कार्कीको खोजीमा नेपाल प्रहरी

प्रधानमन्त्रीको हत्या गर्ने राम्रो मौका भन्दै भिडियो बनाउने कार्कीको खोजीमा नेपाल प्रहरी

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाण्डौ नेपाल प्रहरीको साईवर ब्युरोले प्रधानमन्त्री केपी ओलीलाई मार्नु पर्छ भनेर अभिब्यक्ती दिने चितवनका रतन कार्कीलाई कार्वाही प्रक्रिया अगाडी बढाएको छ।  कात्तिक १४ गते साँझ भैरहेको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा  नेपाली खेलाडीलाई हौसला दिन दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने राम्रो मौका यहि हो भन्ने अभिब्यक्ती दिएका कार्कीलाई कार्वाही थालेको हो।  कार्कीले सामाजिक सञ्जालमा भिडियो लाईभमा आएका कार्कीले मैदानमा पुगेका  ‘प्रधानमन्त्री ओलीको हत्या गर्ने राम्रो मौका’ भन्दै आह्वान गरिरहेका थिए। चितवन घर भएका कार्की बिद्यार्थी भिसामा जापानको टोकियोमा रहेका छन्। उनी त्यहीँ नै बसेर उच्छृंखल भिडियो मार्फत अराजकता फैलाउने गरी कन्टेन्ट दिइरहन्छन्। उनले  त्यस दिनको भिडियोमा ‘गेम त तपाईंहरूले हेरिरहनुभएको छ नै तर मैले अर्कै...
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । ...
अर्घाखाँचीमा देउसी खेलिरहेको स्थानमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (घाइतेको विवरणसहित)

अर्घाखाँचीमा देउसी खेलिरहेको स्थानमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (घाइतेको विवरणसहित)

पत्रपत्रिका, समाचार
बुटवल अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतको सङ्ख्या ३३ पुगेको छ । भूमिकास्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको सडक छेउकाे स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकाेमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा अर्कि २२ वर्षीय महिला तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका छन । घाइतेहरू मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी मल्लले बताएका छन । एक जना भने उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते र मृतकहरुको विवरण १) जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा-६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८:३०मा मृत घोषणा) ...
पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकायो

पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकायो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
जनकपुर । आज बिहान सर्लाहीको मियाखोरमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै  गरेको लु २ च ६७५८ नम्बरको कार बिहान पोखरीमा डुबेको थियो। त्यसमा  सवार  तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए।  गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो। उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको थियो। ...
प्रहरीमाथी आक्रमण गरेको आरोपमा ८ जना रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा

प्रहरीमाथी आक्रमण गरेको आरोपमा ८ जना रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
  पोखरामा प्रहरीमाथी आक्रमण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ जना कार्यकर्ता पक्राउ परेका छन्।  सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रिहाईको माग गर्दै आन्दोलन गरेकाहरुले निशेधित क्षेत्र तोडने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।  सो क्रममा प्रहरी माथी आक्रमण गरेको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। गत कात्तिक २ गते कास्की प्रहरीको अनुरोधमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईवीले लामिछानेलाई काठमाण्डौमा पक्राउ गरेर पोखरा ल्याएको थियो। उनीमाथी कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिरहेको छ।  लामिछानेलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ। ...
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।  जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली  रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  कोशी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई  स्थानमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । कोशी...
 वैदेशिक अध्ययनका लागि  दुई महिनामै  २८ अर्ब : राष्ट्र बैंकको  प्रतिवेदन

 वैदेशिक अध्ययनका लागि दुई महिनामै २८ अर्ब : राष्ट्र बैंकको प्रतिवेदन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शीर्षकमा मुलुक भित्रिने रकम घटेको छ । वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिनामै करिब सवा २८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यो गत वर्षको सोही अवधिमा विदेशी अध्ययनका लागि बाहिरिएको रकमभन्दा झन्डै ५ अर्ब रुपैयाँ बढी हो । गत आर्थिक वर्षको साउन र भदौमा विदेश अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो । गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । पहिलो महिनामा यो शीर्षकमा बाहिरिएको रकम गत आर्थिक वर्षको सोही अवधिको करिब ३९ प्रतिशतले बढेको थियो । पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन...
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दु नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरी/चेलीको विवाह गर्दा दाइजोमा गाउँ नै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए । शनिबार मरिक समुदायले छठका लागि ...