बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन
बुटवलभूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ।
सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्।
आइतबार दिउँसो बुटवलको राजमार्ग चौराहाबाट र्याली सहितको प्रदर्शन गरेका थिए। विभिन्न प्रदेश र २२ वटा जिल्लाबाट सहभागी भएका भूमिहीन सुकुम्बासीहरूको उक्त र्याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।चर्को गर्मीबीच छाता ओढेर महिला तथा वृद्धवृद्धाहरू समेत उक्त र्यालीमा सहभागी भएका थिए। उनीहरूले सरकारले विकल्प बिना आफूहरूका घर टहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको बताए।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका सल्लाहकार वीरेन...








