विदेश

टी–२० विश्वकप: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जित दर्ता

टी–२० विश्वकप: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जित दर्ता

खेलकुद, विदेश, समाचार
काठमाडौँभारतमा जारी आइसिसी टी–२० विश्वकपको समूह चरण अर्न्तगतकाे आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलाे जित दर्ता गरेको छ । टि २० विश्वकपमा नेपालले १२ वर्षपछि जित दर्ता गरेको हो। मङ्गलवार मुम्बईकाे वाङखडे स्टेडियममा भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गर्न सफल भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।नेपालका लागि आज दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी नायक बने। ऐरीले २३ बलमा अविजित अर्ध शतक प्रहार गर्दै टोलीलाई जितसम्म पुराए । कामीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएर स्कटल्यान्डलाई दबाबमा रा...
बंगलादेश सरकारको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने

बंगलादेश सरकारको शपथग्रहणमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँपरराष्ट्रमन्त्री बालानन्द शर्मा आज बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्दै छन् । बंगलादेशको नव निर्वाचित सरकारको शपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।गत विहिबार सम्पन्न निर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत हासिल गरेर सरकार बनाउदैछ । बीएनपीका अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्दैछन् ।शपथग्रहण समारोहमा बंगलादेशले नेपालसहित सार्क देशलाई निमन्त्रणा गरेको बताइएको छ । मन्त्रालयका अनुसार मन्त्री शर्माको यो भ्रमणले नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्न नेपालको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ । भ्रमणका क्रममा मन्त्री शर्मासँग परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी रहेका छन् । परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते काठमाडौँ फर्कने कार्यक्...
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंदैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उनले बताए । ...
आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँआज विश्व रेडियो दिवस विश्वभर मनाइदैछ । हरेक वर्षको फेब्रुअरी १३ तारिखको दिन विश्व रेडियो दिवस मनाइने गरिएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । सन् १९४६ मा संयुक्त राष्ट्रसंघीय रेडियो स्थापना भएको सम्झनामा मनाउने गरिन्छ । यस बर्षको विश्व रेडियो दिवसको नारा ‘रेडियो र कृत्रिम बुद्धिमत्ता: एआई एउटा उपकरण हो, आवाज होइन’ भन्ने रहेको छ ।रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामा...
टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल

टी-२० विश्वकप : इटालीसँग भिड्दै नेपाल

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तरगत समूह 'सी' मा रहेको नेपालले आज एशोसिएट राष्ट्र इटालीसँग प्रतिस्पर्धा गर्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।त्यस कारण सुपर-८ मा पुग्ने आफ्नो सम्भावनालाई कायम राख्न दुबै टोली "गर या मर"को रुपमा यो खेललाई लिने छन् । यो खेल भारतको वाङ्खेडे रंगशालामा नेपाली समय अनुसार दिउँसो ३.१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । उक्त खेलबाट प्राप्त अनुभव र आत्मविश्वासलाई प्रयोग गर्दै आजको खेलमा जित दर्ता गर्ने कप्तान रोहित पौडेले बताएका छन् । इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको उनले बताएका थिए । त्यही सिकाइका साथ अझ परिपक्क हुँदै ने...
नेपाली विद्यार्थीले वेलायतका विश्वविद्यालयमा सास्ती खेपेपछि ‘एनओसी’ नदिन पत्राचार

नेपाली विद्यार्थीले वेलायतका विश्वविद्यालयमा सास्ती खेपेपछि ‘एनओसी’ नदिन पत्राचार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंकोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब दोश्रो वर्ष भर्ना हुने बेला आयो, उनले निकै सास्ती खेप्नु परयो । कारण थियो, विश्वविद्यालयको अप्रिय निर्णय । उनले दोश्रो वर्षको इनरोलमेन्टका लागि शुरुमा तिर्नुपर्ने ८ हजार पाउण्डमध्ये बाँकी २३ सय पाउण्ड जनवरी ३० मा १९००, २०० र २०० पाउण्ड गरी तीनवटा ‘ट्रान्जेक्सन’ मार्फत तिरिन् । ति भुक्तानी डेडलाइन (फेब्रुअरी २ तारिख) अघि नै भएको थियो ।कन्भेरा एप्समार्फत एउटै समयमा तिरेको दुई कारोबारको रिसिट आयो तर २०० पाउण्ड तिरेको रिसिट बेलैमा उपलब्ध भएन । सिस्टममा समयसीमाभित्र फूल पेमेन्ट गरेको नदेखिएपछि युनीले उनलाई भर्नाको ‘डेडलाइन’ गुज्रेको भन्दै नेपाल फर्किएर फेरि आउन भन्यो ।फेब्रुअ...
भोट कसलाई दिउँ? प्यारो छोरा

भोट कसलाई दिउँ? प्यारो छोरा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
टिकाराम न्यौपानेभोट कसलाई दिउँ? प्यारो छोरा,सधैंको माया र आशीर्वाद।तिम्रो सन्देश पढेँ। केही नलेखी बस्न सकिनँ। देशमा चुनाव आउँदैछ, भोट हाल्न नबिर्सिनू भनेर तिमीले सम्झायौ—त्यसैले मन छोयो। टाढा बसेर पनि देशप्रतिको चिन्ता हराएको छैन भन्ने बुझ्दा गर्व लाग्यो।छोरा, म आफूलाई राजनीतिमा जान्ने मान्छे ठान्दिनँ। पार्टीका नारा, ठूला भाषण र रंगीन पोस्टरहरू मेरा लागि सबै उस्तै लाग्छन्। तर मान्छेको बानी, व्यवहार र कामचाहिँ म चिन्न सक्छु भन्ने लाग्छ।यहाँ उम्मेदवारहरू गाउँ–टोल डुलिरहेका छन्।कोही बिरामीलाई गाडी खोजिदिन्छ,कोही समस्यामा परेकालाई कान थापेर सुन्छ,कोही मीठो बोल्दै सबैसँग सल्लाह गर्छ।यस्ता मान्छे देख्दा लाग्छ—भोट चिन्हमा होइन, मान्छेलाई दिनुपर्छ।तिमी देश छोडेको धेरै भयो।तिमी पढ्न जाँदा खोलामा डुंगा चढेर पार भएको सम्झना अझै ताजा छ। आज त्यही ठाउँमा पक्की पुल उभिएको छ।हाम्रो पालाको झुपडी स्कुल...
जापानमा हिमपात, ४६ जनाको मृत्यु

जापानमा हिमपात, ४६ जनाको मृत्यु

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौँ जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ ।जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ ।प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् ।जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु परेको छ । ...
जापानको निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत

जापानको निर्वाचनमा पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंजापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो ।पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’मार्गरेट थ्याचरप्रति उनको प्रशंसाका कारण ‘आइरन लेडी’ उपनाम पाएकी सानाए ताकाइची जापानको लिबरल डेमोक्रेटिक पार्टीको दक्षिणपन्थी धारमा पर्ने, व्यक्तित्वका रूपमा चिनिन्छिन् । उनी लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण परिचित छिन् ।पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ६४ वर्षीया ताकाइचीले आफ्नो...
क्रिकेटको ‘जन्मदाता’ इंग्ल्यान्डसँग नेपालको सानदार खेल, ४ रनको साँघुरो हार

क्रिकेटको ‘जन्मदाता’ इंग्ल्यान्डसँग नेपालको सानदार खेल, ४ रनको साँघुरो हार

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंजति जति बेला क्रिकेटमा साँघुरो हार बेहोरिन्छ, त्यो पीडादायी हुन्छ । अनि भन्ने गरिन्छ, क्रिकेट निर्दयी हुन्छ । अनि के पनि भन्ने गरिन्छ भने जितको नजिक पुगेर भन्नै पर्ने हुन्छ, यो त कति धेरै टाढा पो रहेछ । ट्वान्टी–२० विश्वकपमा नेपालले मुम्बईमा भएको आफ्नो खेलमा इंग्ल्यान्डविरुद्ध यस्तै ४ रनको साँघुरो हार बेहोर्‍यो । अन्तिम दुई बलमा ६ रन चाहिन्थ्यो, नेपालले त्यो पनि हात पार्न सकेन । वानखेडे स्टेडियममा रहेको लगभग १७ हजार दर्शकमध्ये अधिकांस नेपाली थिए । इंग्लिस समर्थक थिएनन् भन्दा नै हुन्थ्यो । नेपालले प्रतिद्वन्द्वी इंग्ल्यान्डको त्यस्तो थियो, जसले यसअघि दुईपल्ट यही विश्वकप जितिसकेको थियो । अनि पछिल्लो समय ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको टिम थियो । त्यही टिमका प्रमुख खेलाडी ज्याक विल्सले खेलको अन्त्यमा भने, ‘नेपाली टिमको जति प्रशंसा गरेर पनि पुग्दैन । ...