नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न
कृष्ण गाउँले
नेकपा एमाले गुल्मी - रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए ।
बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको 'आफ्नो गाउँ आफै बनाउँ' भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्या...








