स्थानीय

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
पाल्पा – चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी भएको छ । तिनाउ गाउँपालिका–४ सत्यवतीमा गएको कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेलामा भक्तजनले मन्दिरमा चढाएको भेटी गणना गर्दा ३२ लाख ८१ हजार आठ सय ७० रुपैयाँ सङ्कलन भएको हो । सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिका अनुसार तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा भेटी गणना गरिएको हो । समितिका अध्यक्ष दानबहादुर गाहाले मन्दिरमा भक्तजनले नगदसहित धातुबाट बनेका गहनासमेत चढाएका छन् । गएको वर्ष १८ लाख ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिका अध्यक्ष गाहाले जानकारी दिनुभयो । चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी भक्तजन सहभागी भएको समितिको अनुमान छ । सत्यवतीमा हरेक वर्ष ...
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उहाँको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । ‘पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ’, प्रवक्ता गुरुङले भन्नुभयो, ‘राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।’  प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उहाँको निष्ठा र आदर्शलाई...
वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा

वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
गुल्मी २०७९ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको मृत्यु वा विविध कारणले रिक्त रहेका क्षेत्रमा यही मंसिर १६ गते उपनिर्वाचन हुंदैछ । जस अन्तर्गत गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका १ नम्बर वडामा २०७९ सालमा निर्वाचित वडा अध्यक्ष काे मृत्यु भए पश्चात् रिक्त रहेकाे उक्त वडामा यहि मंसिर १६ गते उपनिर्वाचन हुंदैछ। उक्त वडामा ४ हजार ९१ मतदाता रहेका छन् भने ३ मतदान स्थल रहनेछन्। नेकपा एमालेको तर्फबाट पार्टीमा नगर कमिटी ,वडाअध्यक्ष लगायत विभिन्न तहमा रहेर नेतृत्व गरी पार्टीलाई योगदान गरेका दलबहादुर थापा उम्मेदवार बनेका छन्। वडा अध्यक्षका प्रत्याशी थापाले शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक पूर्वाधार ,पर्यटन ,कृषि ,स्वरोजगार ,रोजगार जस्ता क्षेत्रको विकास गरी वडालाई समृद्ध बनाउने सपना बोकेका छन् । संचार पत्रसँगको कुराकानीमा थापाले ''आफू २०७४ सालको निर्वाचनमा उक्त वडाबाट वडा सद...
कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति

कृषि व्यवसायबाट मासिक ३ लाख आम्दानी गर्छन् रुपन्देहीको सैनामैनाका ओमप्रकाश दम्पति

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाज, सम्पादकिय, स्थानीय
बुटवल रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं ५ सुन्दर बस्तीका ओमप्रकाश वाग्ले र उनकी श्रीमती सिता वाग्लेले कृषि तथा पशुपालनबाट दुध बिक्री गरी मासिक ३ लाख आम्दानी गर्छन् । ४ वर्ष अगाडि मल्टी प्रोफेसनल एग्रो प्राली नामक कृषि फर्म दर्ता गरी आफ्नो व्यक्तिगत लगानी साथै सबसिटी लोन मार्फत ५० लाखको लगानीबाट व्यवसाय सञ्चालन गरेका वाग्ले र उनकी श्रीमती सीताले दैनिक करिब १ सय लिटर दुध बिक्री गर्छन् । वाग्ले दम्पतिले आफ्नो उत्पादित दूध सैनामैनाका दूध डेरीहरूले खरिद गर्ने र प्रति लिटर ९१ रुपैयाँको दरमा खरिद गर्ने गरेको बताए । २ बिघाहा क्षेत्रफलको जग्गा भाडामा लिएर ४ वर्ष पहिले देखि व्यवसाय सुरु गरेका उनीहरूको गाई ,भैंसीका अलावा बाख्रा ,माछा ,कुखुरा पालन गर्ने र कृषि उपज समेत उत्पादन र बिक्री गर्ने सोच रहेता पनि पर्याप्त लगानी र कामदारहरूको अभावले पुराहुन नसकेको दुखेसो पोखे । उनहरुल...
पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
१४ कात्तिक, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेका थिए र सरकारले उनक...
साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो । ...
हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
रासस काठमाण्डौ – सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । तीन वर्षको कार्यकाल रहने गरी प्यूठानका रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो । सदस्यसचिवसहित आयोग नौ सदस्यीय हुनेछ । भूमि समस्या समाधान आयोगका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक र अन्य सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । ...
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१४ कात्तिक, काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजको दिन कागलाई दही–...
देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी

देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी

ताजा अपडेट, विविध, समाचार, स्थानीय
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग  निवासी  दीपक केसीको  घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।  बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो,  शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । उनीहरु सबैको अवस्था सामान्य रहेको  छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए ।  ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ । बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भना...
भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ - भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४-२ गोलले हरायो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् । खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो । यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो । अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशस...