स्थानीय

बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल लामो समयदेखि बुटवल गोलपार्कबाट सेवा दिइरहेको बुटबल कम्प्युटर इन्स्टिच्युटले एकैपटक ३७ जना विद्यार्थीहरुलाई नेपाल आर्मीमा नाम निकाल्न सफल भएको छ। उक्त इन्स्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा ,कम्प्युटर ,विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा ,लोकसेवा ,शैक्षिक सेवा ,कम्प्युटर ,ट्युसन क्लास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ। शनिबार बुटवल गोलपार्क कार्यालय परिसरमै सैन्य सेवामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै इन्स्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु , प्रशिक्षकहरु लाई बधाई तथा शुभकामना दिए। केसीले सै...
शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत

शुचारु भयाे नयाँ शैक्षिकसत्र , विद्यार्थीलाई स्वागत

Breaking news 3, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई विद्यालयले स्वागत तथा सम्मान गरेका छन्। बुटवलकाे स्कलर्स हाेम बाेर्डिङ्ग सेकेण्डरी स्कुलमा नयाँ शैक्षिकसत्र शुरुआत संगै नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ। शुक्रबार विद्यालयका सह प्राचार्य टीकाराम गाैतमले शैक्षिक सफलताकाे कामना संगै खादा तथा टीका लगाई नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नु भयोे । विद्यालयमा कक्षा ४देखि १०सम्म विद्यार्थीकाे चाैतर्फि विकासको लागि विविध कार्यक्रम गर्ने गरि विभिन्न समूहमा सदन विभाजन समेत गरिएको थियाे । विद्यालयका संयाेजक शिक्षकहरु शाेभारानी प्रधान ,अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री , नेत्रप्रसाद भट्टराई ,सावित्रा पन्थी, सिर्जना गाैतम ,दिलकुमारी उपाध्याय लगायतले वाेल्दै विद्यालयले अध्यायन संगै खेलकुद,नाचगान,भाेकल, विज्ञानप्रविधि लगायतका विभामा विद्यार्थीहरुकाे ...
श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल श्रमिक दिवसको अवसर पारेर रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ। जसमा योवर्ष ई-रिक्सा चलाउने महिला १० जना ,सडकमा मकै पोलेर बेच्ने महिला १० जना तथा जङ्गलमा गई सालको पात टिपेर सडक वा बजारमा बेच्ने महिला १० जना गरी ३० जना श्रमिक महिलालाई जनही १० हजारका दरले ३ लाखको धनराशि सहित सम्मान गरेको हो। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले गएको वर्षदेखि सुरु गरिएको श्रमिक सम्मान कार्यक्रममा विगतको वर्षमा केही यस वर्षमा ३० जना र आउँदा वर्षहरूमा पनि छुटेका वास्तविक श्रमिकहरूलाई सम्मान गर्ने योजना रहेको बताए। बुधबार उपमहानगरको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिकलाई नगदसहित सम्मान गर्दै प्रमुख पाण्डेले श्रमको सम्मान र स्थानीय सरकार श्रमजीवीको हितमा रहेको अनुभूति दिलाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए। उनले श्रमले प्राथमिकता पाउँ...
लेखक दिवसमा लघुकथा प्रशिक्षण सम्पन्न

लेखक दिवसमा लघुकथा प्रशिक्षण सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
उद्धव देवकोटा, बुटबल तेस्रो लेखक दिवसको अवसरमा नेपाली लेखक संघ,रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयामहरु विषयक एक दिने प्रशिक्षणमूलक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित श्री गीर्वाण मा.वि.को सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगानाले गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सरस्वती बश्यालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा लेखक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै वर्तमानमा व्यस्त दैनिकीको माझमा एक बसाईमा पढेर सकिने र पाठक वा श्रोतामाझ तीब्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गैरहेकोले प्रशस्त अध्ययन र अभ्यास गरेमात्रै अब्बल कथा जन्मिने बताउनुभयो। प्रमुख अतिथीद्वयले आ-आफ्ना कथा वाचन गरेर समुद्घाटन गर...
रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघले शनिबार संघका सदस्यहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ। संघले सदस्यहरूबीच भाइचारा स्थापित गर्ने ,मनोरञ्जन र स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गरेको हाे। व्यवसायसँगै सामाजिक काममा अग्रसर हुँदै आएको विद्युतीय व्यवसायीहरूको साझा संस्था रूपन्देही विद्युतीय व्यवसायी संघमा ६गाउँनगर संघ रहेका छन्। फुटसलमा संघमा आबद्ध धेरै व्यवसायी तथा सदस्यहरू सहभागी हुने संघका कार्यवाहक अध्यक्ष केशवकुमार सिंहले जानकारी दिए। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित युनिक फुटसलमा शनिबार बिहान ८ बजे देखि फुटसल टुर्नामेन्ट सुरु हुने खेल संयोजक चिरञ्जीवी गैरेले जानकारी दिए। ...
बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहांले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजनरहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपिल समेत गर्नु भयो । सो अवसरमा ग्लोबल बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका विचमा भएको उपचार स...
देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – देशभर गर्मी बढ्न थालेको छ । केही दिनयता गर्मी बढ्दै गएको हो । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ । पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन् । बढ्दो गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । तुलनात्मकरुपमा भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मी धेरै छ । भैरहवामा पछिल्लोमापन अनुसार अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस, धनगढीमा ४० दशमलव ८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ । अबका तीन दिन पानी पर्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम अझै बढ्न सक्ने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यी क्षेत्रसहित तराई–मधेश र अरु ठाउँमा गर्मी बढ्दो छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्को सुझाव छ । आज पनि देशभरका...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । ...
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो । केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ । डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।  ...
नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल नयाँ वर्षको शुभकामना साटासाट गर्न संघका पदाधिकारी सहित रुपन्देहीका विद्युतीय व्यवसायीहरूका पसल-पसलमा पुगेका छन्। अध्यक्ष खरालले नववर्ष २०८२ ले एकता ,सद्भाव ,व्यावसायिक सफलता ,शुस्वास्थ्य एवं देशमा स्थिरता र समृद्धि हासिलगर्न हरेक व्यक्ति- व्यक्तिबाट सकारात्मक चिन्तन, बोली र व्यवहार आवश्यक रहेकोले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै भेटघाट गरिरहेका छन् । अध्यक्ष खरालले सबै व्यवसायीसँग दुःखसुख साटासाट गर्ने शुभकामना आदानप्रदान गरी भातृत्व बढाउने र व्यवसायीहरूलाई नजिकबाट पहिचान गर्ने उद्देश्यले भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन्। अध्यक्ष खराल संगै वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह , महासचिव विष्णु भण्डारी लगायतका पदाधिकारीहरू पसल पसलमा पुगेर शुभकामना साथै भित्ते तथा टेबल पात्रो वितरण गरेका हु...