४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, आज बोर्ड बैठक बस्दै
८ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको छ ।ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुन्छन् ।
बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने छ ।नेपाल विद्युत प्राधिकरणले दशैंको फूलपातीको दिन अर्थात् २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता ...








