स्थानीय

मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विदेश, समाचार, स्थानीय
काठमाण्डाै – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । अध्यागमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । शङ्कास्पद गतिविधि रहेकाले प्रहरीले एक्स–रेमा जाँच गर्दा शङ्कास्पद देखिएपछि अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो । पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन् । गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डाै आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन् । उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप ...
पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसोपछि  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा  हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...
लुम्बिनी प्रादेशिक अस्पतालको स्थापना दिवस : फुटबल र भलिबल सम्पन्न

लुम्बिनी प्रादेशिक अस्पतालको स्थापना दिवस : फुटबल र भलिबल सम्पन्न

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले हात पारेको छ । फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २-२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्माचारीहरु बीच विभिन्न समूह चरणका खेलबाट चिकित्सक र प्रशासन समूह फाइनल प्रवेश गरेका थिए । प्रतियोगि...
नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ: अध्यक्ष ढकाल

नेपालमा केही छैन भन्ने भाष्य चिर्नुपर्छ: अध्यक्ष ढकाल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केठी छैन भन्ने गलत भाष्य स्थापित भएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको भनाई राख्नुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यकममा बाेल्दै अध्यक्ष ढकालले भन्नुभयो-'नेपालमा लगानीका प्रसस्त सम्भावनाहरु छन्, ती सम्भावनाहरुलाई अवसरमा बदल्न मानश्यक छ।' यहाँको स्राेत साधनलाई उपयोग गरेर प्रयाप्त अर्थोपार्जन गर्न सकिने बताउँदै उहाँले यहाँका बस्तुलाई बाफिङ मात्रै गर्न सक्ने हो भने पनि निर्यातका लागि कुनै समस्या नहुँने भनाई राख्नुभयो। नेपालमा प्राकृतिक सोत साधनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसलाई 'क्यापिटलाईज' गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना ग...
डिपिएल नेपाल बुटवलकाे पद हस्तान्तरण

डिपिएल नेपाल बुटवलकाे पद हस्तान्तरण

Breaking news 3, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व भन्ने मुल नाराका साथ अघि बढिरहेको डाईनामिक पब्लिक लाईब्रेरि [डिपिएल] नेपाल बुटवल शाखाको तेस्रो पद हस्तान्तरण कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ। डिपिएल बुटवलका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्यता संस्थाका संस्थापक अध्यक्ष राजीव खनालकाे रहेकाे थियाे। कार्यक्रममा प्रमुख सल्लाहकार बिकाश श्रेष्ठ तथा राजिब गौतम ,आर्थिक सल्लाहकार रोशन नेपाल , सल्लाहकार साकार लम्साल , निवर्तमान अध्यक्ष आबिष्कार खनाल , लगाएतले भनाइ राख्दै समितिले थप सक्रियता वढाउने धारणा राखेका थिए। कार्यक्रम संचालन महासचिव प्रकाश पोख्रेलले गरेका थिए। राजन अधिकारीको नेतृत्वमा भएको कार्य समितिकाे बरिस्ठ उपाध्यक्षमा प्रकाश पोख्रेल ,महासचिवमा रुद्र खनाल ,उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षमा निर्मल बेल्...
लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ फागुन,बुटवल । लुम्बिनीको मन्त्रिपरिषद् बैठकले बुटवलको उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको थियो । अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ । यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो । रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको...
सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपी नेतृत्वमा बन्यो समिति

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न एसएसपी नेतृत्वमा बन्यो समिति

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ फागुन, । सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको हो ।उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ ।गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् ।घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ । ...
शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द

शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिकाको कार्यपालीको बैठकका क्रममा शाखा प्रमुखमाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्। सोमबार दिउँसो १२ः१५ बजे गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको समयमा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरिएको थियो। बैठकमा आफ्नो विचार राख्ने क्रममा वडा नं. २ का वडा अध्यक्ष करम हुसेन खानले घिमिरेलाई गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए। गाउँपालिकाका कर्मचारीहरूका अनुसार वडाध्यक्ष खान यसअघि पनि कर्मचारीहरूमाथि गालीगलौज गर्ने, शाखामा तालाबन्दी गर्ने, अपशब्द प्रयोग गर्ने र दादागिरी देखाउने गर्दै आएका थिए। कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्त निन्दनीय र खेदजनक रहेको भन्दै कर्मचारीहरूले घटनाको घोर भर्त्सना गरे...
राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा फागुन ६ गते मङ्गलबार बुटबलको जितगढी किल्ला परिसरमा नृत्य दिवस मनाइने भएको छ। मौलिक कला ,संस्कृति झल्काउने खालका १५ टिमका नृत्यहरू उक्त कार्यक्रममा सहभागी हुनेछन् ।विशेषत लुम्बिनी प्रदेशसँगै बागमती प्रदेश, मधेस प्रदेश ,गण्डकी प्रदेशको प्रतिनिधिमूलक सहभागिता रहने सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए। अध्यक्ष शाहले ऐतिहासिक स्थल जितगढी किल्लामा कार्यक्रम आयोजना गरी यसको महत्व र प्रचारप्रसार हुने आशय रहेको बताए। उनले कार्यक्रमका लागि बुटवल नगरपालिकाले सहयोग गरेको र अन्य संघ,संस्थाहरूले पनि सक्दो सहयोग गरेको बताए । संघले गुरु मानेका भैरव बहादुर थापाको जन्मदिनलाई आधिकारिक नृत्य दिवस मान्न सरोकारवालासँग पहल गरिरहेको संघका उपाध्यक्ष मिना बुढाथोकीले बताइन्। बुटवल ...
पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
३ फागुन, पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको होइलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो । ...