स्थानीय

गुल्मीका तीन मुख्य सडक अबरुद्ध

गुल्मीका तीन मुख्य सडक अबरुद्ध

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
गुल्मी , असोज -१ । अविरल बर्षा सङ्गैको बाढी पहिरोका कारण गुल्मी जिल्लाका मुख्य तीन वटा सडक अबरुद्ध भएका छ्न ।जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण अनुसारकालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका -२ राक्सेमा पहिरोको कारण अबरुद्ध भएको छ । त्यस्तै मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी तम्घास सडक रुरु क्षेत्र गाउँपालिका -३ सल्लेरी भन्ने स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएको छ ।उता रुद्रवेणी – वामी सडकखण्ड अन्तर्गत सत्यवती -४ भिर पहिरो पहिरोका कारण बाटो अबरुद्ध भएको छ । त्यस सडक खण्डको डहरे खोला र तल्लो फाटमा पनि पहिरोका कारण अबरुद्ध भएको छ । ...
बुटवलमा श्रीमानले गरे श्रीमतीको हत्या

बुटवलमा श्रीमानले गरे श्रीमतीको हत्या

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा एक महिलाको आफ्नै श्रीमानले ढोकाको आग्लोले हानेर हत्या गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ३ बुटवलको पुल्चोक बस्ने प्रेम बहादुर कुमालले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। गुल्मीको इश्मा गाउपालिका वडा नं ६ घरभई बुटवलमा बस्दै आएका कुमालले श्रीमती लक्ष्मी कुमाललाई गएको शुक्रवार राती ११ बजे राती छाताको रड र काठको ढोकामा लगाउने गरालो ( आग्लो)ले हानी हत्या गरेको प्रहरीको भनाई छ।प्रहरीका अनुसार प्रेमले मरणाशन्न हुनेगरी कुटपिट गरी रातभरी घरमै राखेको र सनिवार बिहान ११ बजे मात्रै बिरामी परेको भन्दै उपचारका लागि भन्दै लुम्विनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए। लुम्विनी प्रादेशिक अस्पातलका चिकित्सकले लक्ष्मीलाई अस्पताल पुर्याउदा मृत्यु भई सकेको बताएपछि घटना बाहिर आएको थियो। मृतक लक्ष्मीकी १३ बर्षिय छोरीले आमालाई बावाले कुटेको बताएपछि प्रहरीले अनुसन्धान थालेको थियो। लक्ष...
जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षकलाई कालिकाले गर्‍यो निष्कासन

जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षकलाई कालिकाले गर्‍यो निष्कासन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलजेनजीहरूको आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न शिक्षकलाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ। भदौ २४ गते जेनजीहरूले गरेको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो। विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो। कपिलवस्तु घर भएका शुक्लाले विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए।शुक्लाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले शनिबारदेखि नै लागू हुने गरी विद्यालयबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन्। ...
संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्‍याली

संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्‍याली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीजेनजीको आन्दोलन पश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ। बलिदानीपूर्ण आएको संविधानसमेत पुनर्लेखन गर्ने जस्ता विषयहरू उठेका छन् । संविधान परिमार्जन गर्न सकिन्छ तर पुनर्लेखन जस्ता विषयहरू आउनु हुँदैन भन्ने मागसहित नेपाल पत्रकार महासंघ रूपन्देहीको संयोजकत्वमा अन्य पेशागत सञ्जाल र स्वच्छ छविका नागरिक अगुवाहरूको शुक्रबार बुटवलमा शान्तिपूर्ण मौन र्याली सम्पन्न भएको छ। आन्दोलनमा ठुलो मानवीय सँगै सार्वजनिक संरचना, निजी संरचनाहरूमा अपुर्णनिय क्षति भएको छ। भने सरकार विघटन भई सेना परिचालन गरिएको छ।वक्ताहरुले संविधान जस्तो संवेदनशिल विषयमा गम्भीर हुनुपर्छ, संविधानमा टेकेर अगाडि बढ्नुपर्छ , सही अनुसार अन्तरिम सरकार बनाउने प्रक्रियाहरु अगाडि बढ्नु पर्ने बताएका छन्।यस्तो विषम परिस्थितिमा बलिदानीबाट आएको संविधाननै विघटन हुनुपर्छ भन्ने जस्ता विषयहरु उठेकाले संविधानमा भएका केही विषयहर...
रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीकाे बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।
कैलालीकाे लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलालीकाे लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
कैलाली कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए । लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
पुरस्कारबाट बृद्धाश्रममा सहयोग

पुरस्कारबाट बृद्धाश्रममा सहयोग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलबुटवल -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ ।बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम र अन्नपुर्ण माबिले आयोजना गरेको बुटवल उपमहानगर स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको सो टिमले प्राप्त पुरस्कारलाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा सहयोग गरेको हो ।तिजी कार्यक्रम अन्तर्गत भाद्र ४ गते सम्पन्न कार्यक्रममा १३ वटा प्रतियोगि मध्येबाट प्रथम गरेको सो समुहले जितेको पुरस्कार भोजभतेर गरेर खर्च गर्नुको सट्टा राहत बितरण गरि सामाजिक सेवाको काम गरेको समुहकी अध्यक्ष सानू शर्मा भण्डारीले बताईन ।बजेता समुहका टिम सहभागी सो समुहले बृद्दाश्रममा फलफुल खाद्यान लगायतका सामाग्री बितरण गरेको थियो ।तीज संस्कृति भड्किलो बनिरहेकोमा चिन्ता ब्यक्त गर...
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। ...
रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देही गुल्मीको रुरुक्षेत्र गाउँपालिका नेकपा एमाले गाउँ कमिटीले पालिकामा चलिरहेको विद्यालयमा जडान गरिने स्मार्टवाेर्ड खरिद प्रकरणमा अनियमितता गर्न खाेजेकाेले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी नलिंदा सम्म आन्दाेलन चलिरहने वताएका छन्।नेकपा एमाले रुरु -रूपन्देही सम्पर्क मञ्चको आयोजनामा शनिबार बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली कामभन्दा सस्तो प्रचारबाजी र आर्थिक अनियमितता सँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको सहभागितामा यस्ता कार्यहरु गरेको बताएका हुन्। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर १का क्षेत्रीय समन्वय कमिटी संयोजक तथा सोही पालिका सामाजिक विकास समिति संयोजक शेष नारायण पौडेलले पालिकाका केही विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्दा प्रक्रिया मिचेर अनियमि...
शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको सुख्खानगरमा रहेको शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।शनिबार रूपन्देहीको योगीकुटीमा सम्पन्न साधारण सभामा बोल्दै सहकारीका पदाधिकारीहरूले शुभ मिलन हरेक हिसाबले उत्कृष्ट सहकारी रहेको धारणा राखेका छन्। वक्ताहरुले ऋण ,लगानी ,बचत जस्ता सूचकांक हिसाबले शुभ मिलन उत्कृष्ट रहेको बताएका हुन्। सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ७६ वर्षीय संस्थापक तथा जेष्ठ सदस्य सुरेन्द्र श्रेष्ठले स्थापनाकालदेखि ऋण ,बचत तथा लगानीमा अत्यन्तै राम्रो गरी व्यवस्थापन गरेकोले शुभ मिलन राम्रो रहेको मा गर्भ लागेकाे वताउंदै ,आगामी समयमा पनि राम्रो होस् भन्ने चाहना राखेको धारणा राखेका थिए।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले शेयर पुंजि ६८ लाख १० हजार ,कुल बचत २ करोड ३...