संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्‍याली


रुपन्देही
जेनजीको आन्दोलन पश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ। बलिदानीपूर्ण आएको संविधानसमेत पुनर्लेखन गर्ने जस्ता विषयहरू उठेका छन् ।

संविधान परिमार्जन गर्न सकिन्छ तर पुनर्लेखन जस्ता विषयहरू आउनु हुँदैन भन्ने मागसहित नेपाल पत्रकार महासंघ रूपन्देहीको संयोजकत्वमा अन्य पेशागत सञ्जाल र स्वच्छ छविका नागरिक अगुवाहरूको शुक्रबार बुटवलमा शान्तिपूर्ण मौन र्याली सम्पन्न भएको छ।

आन्दोलनमा ठुलो मानवीय सँगै सार्वजनिक संरचना, निजी संरचनाहरूमा अपुर्णनिय क्षति भएको छ। भने सरकार विघटन भई सेना परिचालन गरिएको छ।
वक्ताहरुले संविधान जस्तो संवेदनशिल विषयमा गम्भीर हुनुपर्छ, संविधानमा टेकेर अगाडि बढ्नुपर्छ , सही अनुसार अन्तरिम सरकार बनाउने प्रक्रियाहरु अगाडि बढ्नु पर्ने बताएका छन्।
यस्तो विषम परिस्थितिमा बलिदानीबाट आएको संविधाननै विघटन हुनुपर्छ भन्ने जस्ता विषयहरु उठेकाले संविधानमा भएका केही विषयहरु परिमार्जन गरी अगाडि बढ्नुपर्छ ।

शान्ति ,शुव्यवस्था, प्रेस स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने आवाज लिएर शान्तिपूर्ण मौन र्याली गरिएको हो।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको र्‍यालीमा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोख्रेल, बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनी ,पत्रकार महासङ्घ रुपन्देहीका सचिव सीपी खनाललगायतले मौन र्यालि भएकोले कम बोल्दै ठूलो बलिदानीबाट हासिल गरेको संविधाननै पुनर्लेखन जस्ता गम्भीर विषयहरू उठेकाले यसलाई परिमार्जन गर्ने तर पुनर्लेखन जस्ता विषयहरु उठाउन नहुने धारणा राखेका छन् । उनिहरुले राष्ट्रपति देखिनुपर्छ।प्रेस स्वतन्त्रता ,न्याय ,सुशासन ,विकास ,समृद्धि जस्ता संवेदनशील विषयहरूमा आम नागरिकलाई महसुस हुनेगरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
बुटवलको चौराहा बाट निस्केको र्याली नेपाली सेनाको निगरानी विच ट्राफिक चोकमा गई कोण सभा गरिएकाे थियाे। र्याली मा पत्रकार, समाजका अगुवाहरुको बाक्लो सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...