संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्‍याली


रुपन्देही
जेनजीको आन्दोलन पश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ। बलिदानीपूर्ण आएको संविधानसमेत पुनर्लेखन गर्ने जस्ता विषयहरू उठेका छन् ।

संविधान परिमार्जन गर्न सकिन्छ तर पुनर्लेखन जस्ता विषयहरू आउनु हुँदैन भन्ने मागसहित नेपाल पत्रकार महासंघ रूपन्देहीको संयोजकत्वमा अन्य पेशागत सञ्जाल र स्वच्छ छविका नागरिक अगुवाहरूको शुक्रबार बुटवलमा शान्तिपूर्ण मौन र्याली सम्पन्न भएको छ।

आन्दोलनमा ठुलो मानवीय सँगै सार्वजनिक संरचना, निजी संरचनाहरूमा अपुर्णनिय क्षति भएको छ। भने सरकार विघटन भई सेना परिचालन गरिएको छ।
वक्ताहरुले संविधान जस्तो संवेदनशिल विषयमा गम्भीर हुनुपर्छ, संविधानमा टेकेर अगाडि बढ्नुपर्छ , सही अनुसार अन्तरिम सरकार बनाउने प्रक्रियाहरु अगाडि बढ्नु पर्ने बताएका छन्।
यस्तो विषम परिस्थितिमा बलिदानीबाट आएको संविधाननै विघटन हुनुपर्छ भन्ने जस्ता विषयहरु उठेकाले संविधानमा भएका केही विषयहरु परिमार्जन गरी अगाडि बढ्नुपर्छ ।

शान्ति ,शुव्यवस्था, प्रेस स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने आवाज लिएर शान्तिपूर्ण मौन र्याली गरिएको हो।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको र्‍यालीमा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोख्रेल, बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनी ,पत्रकार महासङ्घ रुपन्देहीका सचिव सीपी खनाललगायतले मौन र्यालि भएकोले कम बोल्दै ठूलो बलिदानीबाट हासिल गरेको संविधाननै पुनर्लेखन जस्ता गम्भीर विषयहरू उठेकाले यसलाई परिमार्जन गर्ने तर पुनर्लेखन जस्ता विषयहरु उठाउन नहुने धारणा राखेका छन् । उनिहरुले राष्ट्रपति देखिनुपर्छ।प्रेस स्वतन्त्रता ,न्याय ,सुशासन ,विकास ,समृद्धि जस्ता संवेदनशील विषयहरूमा आम नागरिकलाई महसुस हुनेगरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।
बुटवलको चौराहा बाट निस्केको र्याली नेपाली सेनाको निगरानी विच ट्राफिक चोकमा गई कोण सभा गरिएकाे थियाे। र्याली मा पत्रकार, समाजका अगुवाहरुको बाक्लो सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...