जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षकलाई कालिकाले गर्‍यो निष्कासन


बुटवल
जेनजीहरूको आन्दोलनको क्रममा भएको तोडफोड र लुटपाटमा संलग्न शिक्षकलाई कालिका मानवज्ञान माविले निष्कासन गरेको छ।

भदौ २४ गते जेनजीहरूले गरेको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो।

विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो।

कपिलवस्तु घर भएका शुक्लाले विद्यालयमा कम्प्युटर विषय पढाउँदै आएका थिए।
शुक्लाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले शनिबारदेखि नै लागू हुने गरी विद्यालयबाट हटाइएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...