पत्रकार महासङ्घद्वारा वर्तमान परिवेश चुनौती र समाधान विषयक अन्तरक्रियाः आत्मसमीक्षा र सत्कर्मले समाधान हुनेमा वक्ताहरूको जोड
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देही शाखाले आयोजना गरेको देशमा रहेको वर्तमान परिवेश ,चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले विगतमा भएका कमी कमजोरीको समीक्षा गरी हटाउँदै अबका दिनमा सबै आआफ्नो स्थानबाट सत्कर्ममा लागेमा परिणाम राम्रो आउने बताएका छन् ।
बिहीबार बुटबलमा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले इतिहासमा नसुनेको ,नदेखेको र नभोगेको अवस्था अहिले देखिएको र यसबाट उठेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन्।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले विगतमा भएका कमी कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताए। पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलनमा देखिएको परिदृश्यहरू शंकास्पद रहेकोले समयक्रमसँगै सत्यतथ्य बाहिर आउनेमा आफूहरू विश्वस्त रहेको धारणा राखेका छन्...








