स्थानीय

वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ भन्ने नारासहितको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। सम्पूर्ण उद्योगी–व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै उक्त प्यानलले बिहीबार पदाधिकारी तथा सदस्य पदका उम्मेदवारहरूको नामावलीसँगै १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।संघको आगामी कार्यकालका लागि टंकप्रसाद गैरेको अध्यक्षतामा गठित प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सहकोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्।यसैगरी, एसोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेदवार रहेका छन्। उद्योगतर्फका चार सदस्यमा ...
वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन्। त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु)...
चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा सन्चालित शिविर मा शान्तिपुर आखा उपचार केन्द्र द्वारा आखा दांत, नागरिक आरोग्य केन्द्र शान्तिपुर द्वारा आयुर्वेद सम्वन्धि परामर्श र सामी कार्यक्रमका सहजकर्ता मार्फत मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएको छ।शिविरबाट २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आंखा उपचार सेवा र ८० जना नागरिकले स्वास्थ्य परामर्श सेवा लिएका छन् । आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत गाउँपालिकाले चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसरहरूको उपस्थितिमा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूभन्दा केही टाढा रहेका, अलि दुर्गम तथा विकट क्षेत्रका साथै आदिवासी जनजाति लगायत विपन्न नागरिकहरूको बसोबास रहेका बस्तीहरू छनोट गरी स्वास्थ्य सेवामा नागरिकहरूको सहज पहुँच पुर्‍याउने उद्देश्यले अभियानका रूपमा य...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।पछिल्लो समय देखा परेको रगत अभावलाई सम्बोधन गर्न र विशेष गरी युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। ​पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनालको अध्यक्षता तथा कार्यवाहक सचिव रक्षा न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रमको संयोजकत्व कार्यसमिति सदस्य प्रकाश जी.सी.ले गर्नुभएको थियो। ​कार्यक्रममा नियमित रक्तदाता समाजका अध्यक्ष अशिष सिलवाल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यसैगरी, पहिलो पाइला नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बुटवल शाखाका पूर्व अध्यक्ष सन्तोष बन्जाडे केन्द्रीय कार्यसमिति सदस्य तथा सचिवालय सदस्य राजन अधिकारी, केन्द्रीय सदस्य सन्तोष खर...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले विशेष जोड दिएका हुन । आइतबार राप्ती उपत्यका(देउखुरी)मा भएको आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए ।‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं । तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,’उनले भने, ‘गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो । संघबाट आएको बजेट खर्च गर्न सकेनौं भने...
व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएका छन् । शनिबार रुपन्देही व्यापार संघको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी–व्यवसायीको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौँ चुनौतीको सामना गर्नुपरेको धारणा राखे ।अध्यक्ष अग्रवालले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरे । ‘सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले नीजि क्षेत्र निकै उत्साहित भएको थियो ।’, उनले भने ‘सरकार गठन भएको ६ महिना पुग्यो तर, सरकारले व्यवसायी मैत्री वातावररण बनाउन नसक्दा मुलुकमा आर्थिक गतीविधि बढ्न सकेनन् । अहिले उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन् ।’पछिल्लो समय बैंकको ब्या...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित तथा इएचएस(अतिरिक्त सेवा अवधि) अन्तरगत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गरिएको हो । सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा शल्यक्रिायका लागि आउने बिरामीको सङ्ख्या अत्याधिक रहेको र महिनौंसम्म पालो कुर्नु पर्ने अवस्था रहेको बताइएको छ । अस्पतालमा सर्जिकल विभागको शुक्रबार आयोजित क्लिनिक अडिटमा तथ्याङ्क प्रस्तुत गर्दै सर्जिकल विभाग प्रमुख रचना कार्कीले चुनौति र सुधारका योजनाहरु प्रस्तुत गरिन् । कार्कीका अनुसार भाद्र महिनामा नियमित तर्फ ४९७ र ईएचएस तर्फ २४४ जनाको शल्यक्रिया गरिएको हो । सेवा परीक्षण कार्यक्रममा बोल्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति तथा स्रोत साधनको अवस्थालाई मध्यनजर गरि सबैले अधिकतम प्रयास लगनशिलतामा जो...
बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

बुटवल–११ बुद्धनगर तिनाउ पुलबाट हाम फालेका पुरुष बेपत्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगर पुलबाट बिहीबार साँझ करिब ६ बजेको समयमा एक जना ४०/४५ वर्षीय पुरुषले हाम फालेपछि बेपत्ता भएका छन्। प्रत्यक्षदर्शीका अनुसार पुलमा पुगेका ती पुरुषलाई केही व्यक्तिले सम्झाई–बुझाई गर्ने प्रयास गरेका थिए। तर, सम्झाउने प्रयास भइरहेकै अवस्थामा उनले पुलबाट हाम फालेको बताइएको छ। घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेनालगायतको टोली घटनास्थलमा पुगेर बेपत्ता पुरुषको खोजी गरिरहेको छ। उनको पहिचान भने खुल्न बाँकी रहेको छ। बेपत्ता पुरुषको खोजीका लागि सुरक्षा टोलीले पुल आसपास तथा नदी क्षेत्रमा खोजतलास गरिरहेको जनाएको छ। ...
भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

भैरहवा सीमा नाकामा २ करोड ५१ लाखको गरगहना बरामद, एक महिला पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ। प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलालाई नियन्त्रणमा लिएर उनको साथबाट उक्त गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा जाँचकक्षमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गर्ने क्रममा उनको साथबाट शंकास्पद अवस्थामा ठूलो परिमाणमा गरगहना फेला पारेको जनाएको छ। प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झु...
समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छः मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन ।जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहिवार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताएका हुन । उनले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको बताए । ‘विकासको पहलकदमी लिएका छौँ । अहिले जनताले परिणाम खोजेका छन् । कुराले मात्रै चिउरा भिज्दैन । आलोचना गरेर मात्रै विकास हुँदैन,’उनले भने ।मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासमा प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । संघीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभाव र अन्य कारणले अलपत्र अवस्थामा रहेको उल्लेख ...