गित संगित

पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

पत्रकार महासंघ रूपन्देहीको तीज मिलन

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीनेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघमा आवद्ध सदस्यसँगै सञ्चारकर्मीहरूबीच तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार तिलोत्तमा योगीकुटीमा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकता, पत्रकारका संगै समाजका दुःख -सुख गीत मार्फत प्रस्तुत गर्दै नाचगान संगै दर खाने कार्यक्रम सम्पन्न भएको हाे। नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल ,वरिष्ठ पत्रकारहरु गुरुदत्त ज्ञवाली ,शम्भुप्रसाद शर्मा, बालकृष्ण चापागाईं ,अर्जुन ज्ञवाली , हरिश ढकाल, सिमानन्द भट्टराई ,कुलमणि ज्ञवाली ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा ,पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष द्वय रामप्रसाद आचार्य र मिना ढकाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्य ,संञ्चारिका स...
गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मीको साविक बलेटकसार गाउँ विकास समिति हाल रुरु क्षेत्र ४ बाट विभिन्न पेशा ,व्यवसाय र बसाईसरी रुपन्देही बसोबास गर्ने बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार तिलोत्तमा वनबाटिकामा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकतासँगै सन्देशमूलक गीतहरुबाट नाचगान भएको थियो।समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथि तथा पूर्व महिला उपाध्यक्ष विन्दु गौतमले मौलिकता, पिर,व्यथा सँगै नाचगान मार्फत पिर,व्यथा साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्व तीजले सबै आमा ,दिदीबहिनी ,दाजुभाईको सम्बन्ध थप मजबुत हुने बताउँदै सबैको श्रीवृद्धिको कामना गरिन्। अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले ९५ वर्षिय आमा नर्मदा ज्ञवाली र ८६ वर्षीय बुबा नेत्रनाथ ज्ञवालीलाई अतिथिको रुपमा पाउँदा उहाँहरूको शुभआष...
गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा शनिवार तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । "बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति" भन्ने मूल नाराका साथमा बि. सं. २०६० सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्य एवम् नेपाल बैंक लि. बुटवलका शाखा प्रबन्धक प्रतीज्ञा सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्याल र स्वागत कार्यक्रम संयोजक कविता अर्यालले गर्नु भएको थियो । गायक रितु थापा, सपना गाहा तथा सम्झना रणपालका बेजोड तीज गित तथा नृत्य प्रस्...
माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो । हाम्रा माैलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,´ उहाँले भन्नुभयो-युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।´ हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका...
आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले आज श्रीकृष्ण जन्माष्टमीको दिन तीज मिलन कार्यक्रमको आयोजना गरेको छ।रूपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित श्रङ्गेश्वरधाम परिसरमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ।गुल्मीबाट विभिन्न पेशा ,व्यवसाय जस्ता विविध कारणले रुपन्देही आई बसोबास गरेका गुल्मेलीहरूको पवित्र स्थान श्रृङ्गेश्वर धाममा मठ मन्दिर ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था, सम्पर्क समाजको सचिवालय रहेको छ।श्रृङ्गेश्वर धाममा गुल्मेलीको मात्र नभई रुपन्देही बासी, सामाजिक ,धार्मिक ,सांस्कृतिक रुपमा अग्रसर सबैको साझा स्थान रहेको सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायणप्रसाद पन्थले जानकारी दिए। पन्थले शनिबार श्रीकृष्ण जन्माष्टमीको विशेष दिन विगतका वर्षहरूमा जसरी तीज मिलन कार्यक्रमको आयोजना गरिएकोले धेरैभन्दा धेरै दिदीबहिनी, दाजुभाई ...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
काठमाडौँ वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्...
बुटवल ८ को तीज मिलन, एकताको सन्देश

बुटवल ८ को तीज मिलन, एकताको सन्देश

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलहिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल उपमहानगरपालिका वार्ड नम्वर ८ ले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।मङ्गलबार वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,पत्रकार ,सामाजिक संघसंस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरु को जमघट रहेको थियो ।महिला दिदीबहिनी नाचगानमा रमाएका थिए। आपसमा भातृत्व ,एकतासँगै संस्कृति उजागर गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।पंगेनीले वडाका सामाजिक संघ-संस्था, आमा समूह, टोल विकास संस्था ,राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार एवं समाजमा योगदान गरेका व्यक्तिहरूबीच पारस्पारिक एकता र मनोरञ्जन लिएको देख्दा खुसी लागेको बताए। साेहि वडाबासी समाजसेवी माया गौतमले वडाले वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका ,प...
आज गाईजात्रा पर्व मनाइदै

आज गाईजात्रा पर्व मनाइदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प...
गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
सुवास बिसिबुटवल, वैशाख २५गायक प्रकाश गौतमले आफ्नो नयाँ भावनात्मक गीत "बर्बाद हुनलाई" सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोले प्रेम र पीडाको सम्वेदनालाई प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ। गीतमा स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरले अभिनय गरेका छन्। गीतमा स्वर र शब्द गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका हुन्। गीतको भिडियो दिपक सुनरको कथा र निर्देशनमा तयार गरिएको हो, जसको छायांकन बिजय लामाले गरेका छन्। को हुन् प्रकाश गौतम? गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका-८, तुराङ्ग दाङसिङ्गमा जन्मिएका प्रकाश गौतम सानैदेखि संगीतप्रेमी थिए। यद्यपि उनले औपचारिक रूपमै संगीत यात्राको थालनी वि.सं. २०७२ सालदेखि गरेका हुन्। उनको पहिलो गीत "सम्झना मनैमा" थियो, जसमा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। गीतसंगीतको खो...
बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

Breaking news 1, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल युवाहरुले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र अर्गानिक उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले बुटबल ट्राफिक चोक पुरानो चलचित्र परिसरमा खस्यौली बजार आयोजना गरेका छन्। खस्यौली बजारमा स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थ र गुणस्तरीय उत्पादन सामग्री बिक्री गर्ने र स्वदेशी र अर्गानिक उत्पादन र बिक्री गर्ने उदेश्यले खस्यौली बजार आयोजना गरेएकाे छ। उक्त खस्याैली बजारमा दैनिक उपभोग्य सामग्री नुन, तेल ,तरकारीदेखि लत्ता ,कपडा माटोका भाडा बर्तन सम्पूर्ण अर्गानिक उपभोग्य सामग्रीहरु उपलब्ध छन्। बजारमा लोपन्मुख माटोका भाँडाहरू, थारु समुदायका ढकिया लगायत सामग्री हातले बुनेका ऊनका कपडाहरू सिधेनुन ,अचार उपलब्ध छन्। बजामा अर्गानिक ग्रिनटि ,वाइटी ,ब्राउण्डटि जस्ता चिया र चियापत्तीहरू ,माटो ,ढुङ्गा र धातुबाट बनेका हातले कुँदिएका मूर्ति ,तस्बिरहरु ,शिलालेखहरु उपलब्ध छन् । ज...