खेलकुद

नेपालद्वारा अमेरिकासामु १६५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अमेरिकासामु १६५ रनको लक्ष्य प्रस्तुत

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं । अमेरिकासँगको टी-२०आईमा नेपालले १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टोलीसँग टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७/२७ रन जोडेर आउट भए । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमाउन पुग्यो । ...
आजदेखि साफ महिला च्याम्पियनसिप, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

आजदेखि साफ महिला च्याम्पियनसिप, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।  प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार  नेपाल भुटानसँग भिड्नेछ ।  ...
काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

खेलकुद
५ साउन, माले । माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पाैने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुव‌ै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘हाम्रो लागि आजको खेलभन्दा पनि सेमिफाइनल खेल महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल हाम्रो लागि सेमिफाइनलको तयारी जस्तै हुनेछ,’ घिमिरेले भने ।चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो । यस्तै माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो ।च्याम्पियनसिपमा ...

एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

खेलकुद, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, समाचार
१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ । साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो ।धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ । आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङ गर्नेछन् । यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन् । दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् । जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले, फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा छन् । यस्तै युरोपियन लिगहरु खेलेका फालो डियाग्ने पनि...
यूएईले नेपाललाई दियो ३ सय ११  रनको विशाल लक्ष्य

यूएईले नेपाललाई दियो ३ सय ११  रनको विशाल लक्ष्य

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृखलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् । एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका  छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।  ...
प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुग्नुभएको छ । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको हो । उहाँले खेलाडीहरूसँग हात मिलाउँदै जितका लागि शुभकामना दिनुभएको छ ।यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई जितको शुभकामना दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्व कपमा प्रवेश गराउने सफलताका लागि नेपाली क्रिकेट टिमलाई शुभकामना ! राष्ट्र तपाईँहरूको साथमा छ, म तपाईँहरूको साथमा छु ।’नेपालले अहिले आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँग खेल्दैछ । टस हारेको नेपालले बलिङ गर्दैछ । लिग–२ क...
युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट
२ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदै स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन...
त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । यदि नेपाल अङ्कता...
लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, मनोरञ्जन
२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न ...
मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

Breaking news 1, खेलकुद, ताजा अपडेट
१६ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।मलेसियाका तर्पmबाट १४ रन एक्सट्रा उपहार भयो ।यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रन...