खेलकुद

आज नेपाल र अफगानिस्तानबिच निर्णायक खेल , जित्ने टोली विश्वकपका लागि छनोट हुने

आज नेपाल र अफगानिस्तानबिच निर्णायक खेल , जित्ने टोली विश्वकपका लागि छनोट हुने

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुँदैछ । आजको यो खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ । पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ । छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि हुँदा खेल रद्द भएको खण्डमा पनि अफगानिस्तान विश्वकपमा छनोट हुनेछ । ...
यूएईसँग पहिलो खेल खेल्दै नेपाल

यूएईसँग पहिलो खेल खेल्दै नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नेपालले आइतबार आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ । यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । अप्रिल १९ सम्म मूलपानीमा हुने प्रतियोगितामा नेपाल र यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सवै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तान यू–१९ सँग तीन युथ एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो । ५ दिनअघि नै नेपाल आइपुगेको यूएई यू–१९ टिमले एक अभ्यास खेल खेल्नेक्रममा नेपाल यू–१९ को वैकल्पिक टोलीलाई पराजित गरेको छ । नेपाली ट...
बुटवलमा जारी दुई फुटवल प्रतियोगिता

बुटवलमा जारी दुई फुटवल प्रतियोगिता

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
स्वस्तिक श्रेष्ठ, बुटवल प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगितामा राईजिङ स्टार युवा क्लब विजयी रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सोमबार राईजिङ स्टार युवा क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सोमबार भएको खेलमा बसन्तपुर युनाईटेड क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै राईजिङ स्टार युवा क्लब अन्तिम चारमा स्थान बनाएको हो । सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल निर्धारित समयको ५ मिनेटमा राईजिङ स्टारका रेखा बिष्टले गोल गर्दै अग्रता लिए । उमा रानामगरले खेलको ३६ औ मिनेटमा बराबरी गोल गरिन। खेल बराबरी भएपछि ट्राईबेकरमा धकेदियो । ट्राईजिङ स्टार युवा क्लबका भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । प्रतियोगिताको उप...
बुटवलमा जारी प्रथम उपमेयर कप फुटबलमा ट्रिनिटी विजयी

बुटवलमा जारी प्रथम उपमेयर कप फुटबलमा ट्रिनिटी विजयी

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा बिधान ट्रिनेटि युवा क्लब, वालिङ विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा आईतबार भएको खेलमा बिरगंज युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बिधान ट्रिनेटि युवा क्लब, वालिङ अन्तिम चारमा स्थान बनाएको हो । सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल खेलमा ट्रिनेटिको जितमा पुर्णिमा राईले खेलको ५४ औ मिनेटमा विजयी गोल गरिन । विपक्षी टिमको डिफेन्सबाट बचाउको राम्रो प्रयास भएपनि त्यो असफल भयो । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्...
आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ १७ चैत्र – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए । गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो ख...
आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ८ विकेटले हरायो

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले  १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । कोलकाताका लागि हर्षित राना, वैभव अरोरा, मोइन अलि र वरुण चक्रवर्तीले समान २ तथा स्पेन्सर जोनसनले १ विकेट लिए । कोलकाता २ खेलमा २ ...
पत्रकार महासंघ रूपन्देहीले स्थापना दिवसमा फुट्सल प्रतियोगिता गर्ने

पत्रकार महासंघ रूपन्देहीले स्थापना दिवसमा फुट्सल प्रतियोगिता गर्ने

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ रूपन्देहीले संस्थाकाे ७० औँ स्थापना दिवसमा मिडियाकप तथा कर्पोरेट ( संस्था) कप फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। सञ्चारगृहहरू बीच तथा व्यावसायिक, पेशागत संघ संस्था बीच आपसी भातृत्व ,सहकार्य होस् भन्ने उद्देश्य राखेर फुट्सल गर्दैछ। सोमबार पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलन मार्फत यही चैत्र १६ ,१७ र १८ गते तीन दिन फुट्सल प्रतियोगिता आयोजना गर्ने बताएको हो। जसमा चैत्र १६ गते मिडियाकप तथा १७ र १८ गते कर्पोरेट कप फुट्सल प्रतियोगिता ग्रीनफिल्ड फुट्सल कोर्ट बुटवल ११ देवीनगरमा हुनेछ। जस अन्तर्गत मिडिया कफतर्फ प्रथम पुरस्कार १७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार ,ट्रफी र सिल हुनेछ भने उपविजेतालाई ७ हजार ७ सय ७७ रुपैयाँ साथै अन्य विधागत पुरस्कार हुनेछन्। कर्पोरेट कपतर्फ प्रथम पुरस्कार २५ हजार , दोस्रो १५ हजार ,उत्कृष्ट खेलाडीलाई ...
२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता

२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप यहि शनिवारदेखि सु्रु हुदैछ । रुपन्देही जिल्ला फिटवल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।  प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जनाएका छन् । यता प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङगो लगाएर टाइसिट तयार भैसकेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपिएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समुहमा विभाजन गरि खेलाईने छ ।  जसमा समुह ए मा आयोजक रुपन्देही-११, एपिएफ, संकट...
पीएम कपमा आज तीन खेल हुँदै

पीएम कपमा आज तीन खेल हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ जारी पीएम कप अन्तर्गत आज तीन खेल हुदै छन् । आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने छ । बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो । त्यस्तै अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा हुने तालिका रहेको छ । लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो । त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने छ । यो खेल दाङको लमहीस्थित  देउखुरी क्रिकेट स्टेडियममा हुने छ । त्यस्तै सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दै छ ।  ...
आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ

आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही लुम्बिनी प्रदेशका आज बाट प्रधानमन्त्री कप क्रिकेट सुरु हुदैछ । खेलको आज भैरहवा, तिलोत्तमा र लमहीमा रहेका खेलमैदानमा एकै पटक खेलहरू सञ्चालन हुने छन्।  नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता  सञ्चलन हुँदैछ । प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको भैरहवाको सिद्धार्थ रङ्गशालामा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खेलको उद्घाटन गर्ने छन् ।  त्यस्तै  दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ भने रुपन्देहीको एक्स्ट्राटेक ओभलमा तिल...