बुटवलमा जारी दुई फुटवल प्रतियोगिता


स्वस्तिक श्रेष्ठ, बुटवल

प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगितामा राईजिङ स्टार युवा क्लब विजयी

रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सोमबार राईजिङ स्टार युवा क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सोमबार भएको खेलमा बसन्तपुर युनाईटेड क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै राईजिङ स्टार युवा क्लब अन्तिम चारमा स्थान बनाएको हो । सिद्घेश्वर खेल मैदानमा भएको क्वाटरफाईनल निर्धारित समयको ५ मिनेटमा राईजिङ स्टारका रेखा बिष्टले गोल गर्दै अग्रता लिए । उमा रानामगरले खेलको ३६ औ मिनेटमा बराबरी गोल गरिन। खेल बराबरी भएपछि ट्राईबेकरमा धकेदियो ।

ट्राईजिङ स्टार युवा क्लबका भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए ।

मंगलबार हेटौडा फुटबल एकेडेमी र एमएससी भारत बिचमा अन्तिम क्वाटरफाईन खेल हुने क्लबका सचिव दिपक गुरुङले बताए । प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात

स्वर्ण वर्ष प्रवेशको अवसरमा भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबले आयोजना गरेको आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१\०८२ मा सिम्रिक युवा क्लबले शानदार विजयी शुरुवात गरेको छ ।

भुपु सैनिक सालघारी समाजको संरक्षकत्व तथा भुपु सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा सिम्रिकले झरना स्पोर्टिङ क्लब,कुन्जलापुरलाई ६–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । भुपु सैनिक खेलमैदानमा भएको एकतर्फी खेलमा सिम्रिकको जितमा अरुण चौधरी नायक रहे । उनले खेलको १२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । १४ मिनेटमा सुरज चौधरी तथा २४ औ रोशन थापाले गोल गरे । दोस्रो हाफमा अरुण चौधरीले थप २ गोल गरे । खेलको ४४ र ६९ औ मिनेटमा अरुण चौधरीले गोल गर्दै आफनो हयाट्रिक पुरा गरे । खेलको ६३ औ मिनेटमा सुरज चौधरीले गोल थपे । खेलमा अरुण प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबार आयोजक भुपुसैनिक जबई स्पोर्टिङ क्लब र चादनी क्लबका बिचमा हुने खेल संयोजक शिव कुमार थापाले बताए । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण पुनले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेल पूर्वाधार निमार्णमा जोड दिने गरि योजना बनाउन जरुरी रहेको बताए । बुटवलमा खेल गतिविधीसंगै युवा खेलाडीहरु प्लेटफर्म पाएको भन्दै पूर्वाधार विकासमा सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्लबका उपाध्यक्ष खेमानसिह रानाले खेल विकासमा खेलकुद संघसंस्थाहरुको योगदानबारे चर्चा गरे । कार्यक्रममा क्लबका अध्यक्ष गोपीराम पुनले सालघारी क्षेत्रमा पर्व र संस्कृतिका रुपमा खेल गतिविधि रहेको बताए । यो वर्ष संस्था स्थापनाको ५० औ वर्ष प्रवेश गरेको अवसरमा विविध सास्कृतिक, रक्तदान कार्यक्रमका साथै फुटबल प्रतियोगितालाई निरन्तरता दिन लागेको बताए । प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए । नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए । गतवर्ष गोर्खा ब्याईज क्लब विजेता रहेको थियो । १९ लाख रुपैया खर्च हुने अनुमान छ ।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...