यूएईसँग पहिलो खेल खेल्दै नेपाल


काठमाडौँ

नेपालले आइतबार आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ । यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो ।

अप्रिल १९ सम्म मूलपानीमा हुने प्रतियोगितामा नेपाल र यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका सवै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तान यू–१९ सँग तीन युथ एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो ।

५ दिनअघि नै नेपाल आइपुगेको यूएई यू–१९ टिमले एक अभ्यास खेल खेल्नेक्रममा नेपाल यू–१९ को वैकल्पिक टोलीलाई पराजित गरेको छ । नेपाली टिम दुई वर्षअघि यूएईलाई निर्णायक खेलमा पराजित गरी यू–१९ विश्वकपमा पुगेको थियो ।

यूएईपछि नेपालले सोमबार ओमानसँग, बुधबार हङकङसँग र शनिबार अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता बन्दै यू–१९ विश्वकपमा पुग्नेछ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एसिया छनोट खेल्न आएको हो ।

नेपालले यू–१९ विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी यू–१९ कप जित्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक यू–१९ विश्वकप खेलिसकेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...