यूएईसँग पहिलो खेल खेल्दै नेपाल


काठमाडौँ

नेपालले आइतबार आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ । यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो ।

अप्रिल १९ सम्म मूलपानीमा हुने प्रतियोगितामा नेपाल र यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका सवै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तान यू–१९ सँग तीन युथ एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो ।

५ दिनअघि नै नेपाल आइपुगेको यूएई यू–१९ टिमले एक अभ्यास खेल खेल्नेक्रममा नेपाल यू–१९ को वैकल्पिक टोलीलाई पराजित गरेको छ । नेपाली टिम दुई वर्षअघि यूएईलाई निर्णायक खेलमा पराजित गरी यू–१९ विश्वकपमा पुगेको थियो ।

यूएईपछि नेपालले सोमबार ओमानसँग, बुधबार हङकङसँग र शनिबार अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता बन्दै यू–१९ विश्वकपमा पुग्नेछ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एसिया छनोट खेल्न आएको हो ।

नेपालले यू–१९ विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी यू–१९ कप जित्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक यू–१९ विश्वकप खेलिसकेको छ ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...