अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प
काठमाडौँअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् ।ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए ।
यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज म...








