समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो । अब त्यस्तो लेखेको पाइएमा कारबाही गर्ने काउन्सिलले जनाएको छ । ऐन विपरीत अवैध रुपमा चिकित्सकको डा. उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता पनि काउन्सिलले आग्रह गरेको छ । यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ ...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

Breaking news 2, ताजा अपडेट, विदेश, समाचार
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आईपुग्नुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ । उहाँ यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनुभएको थियो । उहाँले मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना गर्नुभएको हो । यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रुपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि शुरु भएको थियो । कक्रोच जनता पाटीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ । ...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्। उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए।पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा ...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्।उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए। पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा ...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ ।विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिए । विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण...
तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।  विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना छ । हिजो भैरहवाको तापक्रम ४१ डिग्री तापक्रम र नेपालगञ्जको ४० डिग्री सेल्सियस थियो । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ ।  विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । ...
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो ।  पुनर्गठित मन्त्रिपरिषद पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ ।  एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै ...
भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ - पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम हिजो बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।  हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगञ्जमा ३९.५, जनकपुरमा ३८.२, सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यस्तै काठमाण्डौमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम हिजो बढेर ३९.६ डिग्री सेल्सियस मापन भएको छ ।  मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघ गर्जन ...
रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको ज्यान गयो

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको ज्यान गयो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार
काल्पनिक फोटो २० जेठ, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ । बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । यस्तै, इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पनि थप टोली पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिए । ...
मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने

मधेश र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ । मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ ।  पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र ’हिट स्ट्रेसको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ ।  विषेश गरी दिउँसो ११ बजेदेखि ४ बजेसम्म घाममा ननिस्कन,...