चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान



गुल्मी
गुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।
शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।
अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्।


उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए।
पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा सहभागी रहेर पालिकावासिले ठुलो परिमाणमा रक्तदान गरेकोमा राम्रो सन्देश प्रवाह भएको वताएका थिए।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद चालिसेले पहिलो पटक आफुले समेत रक्तदान गर्ने र समाजसेवा गर्ने अवसर पाएको र ठुलो परिमाणमा रगत संकलन भएकोमा खुसी लागेको बताएका थिए।


कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष घनश्याम खरेल ,वडा नं. २का कमल के.सी , वडा नं. ३ का डिल्लीराज सुवेदी ,वडा नं. ४का बल बहादुर बस्नेत​ ,वडा नं. ५ का पृथ बहादुर कार्की, वडा नं.६ अम्मर सिं दगामी​ ,वडा नं. ७ का अनन्तराम भण्डारी र वडा नं.८ का फणिन्द्र राज अर्याल पुर्व वडाध्यक्ष गोकर्ण शर्मा, रक्तसञ्चार केन्द्र बुटवलका ईन्चार्ज सीता ज्ञवाली, सुचना अधिकारी शिव ज्ञवालीलगायतले वोल्दै रक्तदान कार्यक्रममा ठुलो परिमाणमा रगत संकलन भएकोमा उदाहरणिय काम भएको वताउंदै रक्तदान गर्न स्वास्थ्य परीक्षण नभई रक्तदान नहुने र परिक्षण पश्चात स्वास्थ्य ठिक रहेमा डराउनु नपर्ने धारणा राखेका थिए।
कार्यक्रममा सहभागी संघसंस्था, रक्तदाताहरुलाई सम्मान गरिएको थियो।
बार्षिक कार्यक्रम अन्तर्गतको रक्तदान कार्यक्रममा २०८१ मा १सय ४०जनाले रक्तदान गरेका थिए भने ८२ मा १ सय ४ जनाले रक्तदान गरेका थिए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...