राष्ट्रिय समाचार समितिको प्रभावकारिता बढ्दै गएकाे छ: सरोकारवाला
बुटवल
राष्ट्रिय समाचार समिति (रासस)ले २४सै घण्टा सेवा दिने हुनाले यसको महत्व र प्रभावकारिता बढ्दै गएको पत्रकार लगायत सरोकारवालाहरूले बताएका छन् । उनीहरुले अन्य २४सै घण्टा सेवा दिने सञ्चार माध्यमहरू कमै रहेकोले यसको प्रभावकारिता बढ्दै जाने धारणा उनिहरुकाे छ।
राष्ट्रिय समाचार समिति राससको को ६४ औँ वार्षिक उत्सवका अवसरमा मङ्गलबार बुटबलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार लगायत सरोकारवाला हरुले अहिले स्रोतको अभावले गर्दा जनशक्तिलाई भन्दा राससकाे अनुमति लिई समाचार सम्प्रेषण गर्दा कम शुल्कमा ग्राहक बन्न र समाचार लिई सम्प्रेषण गर्न सहुलियत हुने हुनाले यसको महत्व र प्रभावकारिता बढ्दै गएको बताएका हुन्।
राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले २०१८ फागुन ७ गते प्रारम्भ भएको समिति अहिले ५ सय संचार माध्यमहरु ग्राहक भएको बताए । उनले देशभर २ सय पत्रकारले प्रत्यक्ष...








