गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति
काठमाडौं
नेकपा माओवादी केन्द्रले भैरहवाको गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।
आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको छ । म गम्भिर आपत्ति जनाउँछु ।’
नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।
दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुनस् दोहोर्याएका छन् । आफूहरूले यो विषय पटक(पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।...








