नारायणघाट–बुटवल सडक (दाउन्ने बाहेक) ९४ किमी पक्की, ८३ प्रतिशत भागमा सहज


बुटवल

महेन्द्र राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक विस्तार योजनामा दाउन्ने खण्डबाहेक सबै भागमा एकतर्फी कालोपत्र (ब्ल्याकटप) सकिएको छ ।
यससँगै करिब ९३.९४ किलोमिटर क्षेत्रमा पक्की सडकमा यात्रा सम्भव बनेको छ । कुल ११३.५३ किलोमिटर सडकमध्ये ३.०७ किलोमिटर भाग पुलले ओगटेको छ भने ९०.८७ किलोमिटर सडकमा एकतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । यसरी पुल र कालोपत्र गरी ८३ प्रतिशत क्षेत्रमा सवारी साधन सहजै गुड्न सक्ने स्थितिमा पुगेको आयोजना कार्यालयले जनाएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै सो खण्डमा पनि कालोपत्र थाल्ने तयारी छ । कतिपय स्थानमा ढलान (कन्क्रिट) सडक निर्माणसमेत सँगसँगै अगाडि बढेको छ ।

हालसम्म यस सडकखण्डको भौतिक प्रगति ६६.५० प्रतिशत रहेको छ । निर्माण सम्पन्न भएसँगै यात्रा समय घट्ने, सवारी सुरक्षित बन्ने र बुटवल–भरतपुरसहितका बजारमा माल ढुवानी छिटो तथा सस्तो हुने आयोजना कार्यालयको दाबी छ । दाउन्ने खण्डमा काम जारी रहेकाले भारी सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न र निर्माणस्थल आसपास सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...