गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति


काठमाडौं

नेकपा माओवादी केन्द्रले भैरहवाको गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।

आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको छ । म गम्भिर आपत्ति जनाउँछु ।’

नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुनस् दोहोर्‍याएका छन् । आफूहरूले यो विषय पटक(पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

उनले भने, ‘आजको विषयवस्तु प्रवेश गर्नु पहिले नै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुने अन्तर्राष्ट्रिय संसदीय अभ्यास र हाम्रै संसदीय अभ्यासलाई पनि विगत १० महिनादेखि अस्वीकार गरिराखिएको छ र यसमा गम्भिर आपत्ति छ ।’

सार्वजनिक लेखा समिति सभापति अहिले सत्तारुढ एमालेका सांसद ऋषिकेष पोखरेल छन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...