आप्रवासी बोकेको अमेरिकी जहाज कोलम्बियाले अवतरण गर्न नदिएपछि दुई देशबीच तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
अमेरिकामा अवैध रूपमा रहेका कोलम्बियाका आप्रवासीहरूलाई फिर्ता लिन त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेपछि ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन्।ट्रम्पले एक सातभित्र करको दर अझै बढाएर ५० प्रतिशत पुर्याउने घोषणा पनि गरेका छन्।
अमेरिकामा अवैध रूपमा बसिरहेका कोलम्बियन आप्रवासीहरूलाई लिएर गएको सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि ट्रम्पले त्यसको जबाफमा कोलम्बियाबाट आयात हुने वस्तु तथा सामग्रीमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका हुन्।जबाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
गुस्ताभोले एक्समार्फ...








