पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन हुने


काठमाडौँ

सरकारले पूर्ण वा बहुसंख्यक स्वामित्व रहेका पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार स्वीकृत कार्ययोजनाअनुसार जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, र नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खारेज गरिने भएका छन्।

सरकारले यो प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। खारेज हुने संस्थानहरूको सम्पत्ति नेपाल सरकारको नाममा ल्याइ व्यवस्थापन गरिने उल्लेख गरिएको छ। अर्थ मन्त्रालयलाई कार्यान्वयनको जिम्मा दिइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन गर्नेछ। यो कदम असक्षम र घाटामा गएका सार्वजनिक संस्थानको व्यवस्थापन सुधारका लागि लिइएको महत्वपूर्ण नीतिगत निर्णयका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...