स्कलर्स होममा शिक्षण सिकाइ र व्यबस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम


बुटवल

रुपन्देहीकाे बुटवल स्थित स्कलर्स हाेम बाेर्डिङ्ग स्कुलले शिक्षकहरु लाई जाेएफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ।

विद्यालयले यी र यस्तै प्रकारका फरक शैलीमा कार्यक्रम गर्दै आएकाे छ । शैक्षिक सत्रकाे सुरूवातसँगै शिक्षक शिक्षिकाहरूलाई व्यक्तित्व र नेतृत्व विकास का लागि कार्यक्रम गरेकाे हाे।

विहिबार पाल्पाको बशन्तपुर स्थित लुम्बिनी केबलकारकाे सभाहलमा अभिमुखीकरण कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यक्रममा बिद्यालयका संस्थापक प्राचार्य शिव गुरूङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल,विद्यालयका प्रबन्ध निर्देशक खुबीराम आचार्य ,प्राचार्य बाबुराम वञ्जाडे , सहप्राचार्य टिकाराम गाैतमलगायतले वाेल्दै विद्यार्थी मात्र नभई शिक्षक शिक्षकाहरूलाई पनि समय अनुसार तनाव व्यवस्थापनमा सहज हाेस भन्ने उद्देश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएको बताए।

कार्यक्रममा प्रखर वक्ता विदुर फुँयालले प्रशिक्षण दिएका थिए। फुयालले झण्डै ५५भन्दा बढी जिल्लामा अभिमुखीकरण तालिम दिईसकेका छन्। ईमरान खानले पनि प्रशिक्षण दिएका थिए ।

सहभागी शिक्षक शिक्षिकाहरुले कार्यक्रमबाट आफुहरुले शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि राम्राे ज्ञान हासिल गरेकाे वताए । कार्यक्रममा लेखा संयाेजक लाेक प्रसाद भण्डारी ,प्रा.वि.संयाेजक कमला पाण्डेले कार्यक्रममा सहजीकरण गरेकाे विद्यालयका सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...