स्कलर्स होममा शिक्षण सिकाइ र व्यबस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम


बुटवल

रुपन्देहीकाे बुटवल स्थित स्कलर्स हाेम बाेर्डिङ्ग स्कुलले शिक्षकहरु लाई जाेएफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ।

विद्यालयले यी र यस्तै प्रकारका फरक शैलीमा कार्यक्रम गर्दै आएकाे छ । शैक्षिक सत्रकाे सुरूवातसँगै शिक्षक शिक्षिकाहरूलाई व्यक्तित्व र नेतृत्व विकास का लागि कार्यक्रम गरेकाे हाे।

विहिबार पाल्पाको बशन्तपुर स्थित लुम्बिनी केबलकारकाे सभाहलमा अभिमुखीकरण कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यक्रममा बिद्यालयका संस्थापक प्राचार्य शिव गुरूङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल,विद्यालयका प्रबन्ध निर्देशक खुबीराम आचार्य ,प्राचार्य बाबुराम वञ्जाडे , सहप्राचार्य टिकाराम गाैतमलगायतले वाेल्दै विद्यार्थी मात्र नभई शिक्षक शिक्षकाहरूलाई पनि समय अनुसार तनाव व्यवस्थापनमा सहज हाेस भन्ने उद्देश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएको बताए।

कार्यक्रममा प्रखर वक्ता विदुर फुँयालले प्रशिक्षण दिएका थिए। फुयालले झण्डै ५५भन्दा बढी जिल्लामा अभिमुखीकरण तालिम दिईसकेका छन्। ईमरान खानले पनि प्रशिक्षण दिएका थिए ।

सहभागी शिक्षक शिक्षिकाहरुले कार्यक्रमबाट आफुहरुले शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि राम्राे ज्ञान हासिल गरेकाे वताए । कार्यक्रममा लेखा संयाेजक लाेक प्रसाद भण्डारी ,प्रा.वि.संयाेजक कमला पाण्डेले कार्यक्रममा सहजीकरण गरेकाे विद्यालयका सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...