रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु


बुटवल

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने डिजिटल पत्रकारिता तालिम बुटवलमा सञ्चालन गरिएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेशका सबै जिल्लाका पत्रकारहरुका लागि क्षमता अभिवृद्धि सम्वन्धि डिजिटल पत्रकारिता तालिम सञ्चालन गरेको हो। अन्य जिल्लाहरूमा तालिम सम्पन्न भइसकेको छ।

बिहिबार र शुक्रबार रूपन्देही,नवलपरासीका साथै अन्य जिल्लामा छुटेका पत्रकारका लागि बुटबलमा तालिम सञ्चालन गरिएको हाे।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारको क्षमता अभिवृद्धि र बढ्दो प्रविधिको उपभोग गर्न सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । अध्यक्ष चौलागाईंले महासंघले तालिमहरू संगै पत्रकारका वृद्धि विकास र हकहितका लागि अभिभावकीय भूमिका खेलिरहेको र कल्याकारी कोष मार्फत साथ सहयोग गर्ने योजना रहेको बताए।

कार्यक्रम संयोजक तथा महासंघका प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले तालिमको उपयोगबाट पत्रकारहरूको क्षमता विकाससँगै विविध पक्षमा टेवा पुग्ने अपेक्षा गरेको बताए।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल,लुम्बिनी प्रदेशका उपाध्यक्ष मीना ढकाल ,प्रदेशका महासचिव माधव शर्मा,प्रदेश सञ्चार समन्वय परिषद अध्यक्ष मिलन गाहा, पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईं ,महासंघका रुपन्देही जिल्ला अध्यक्ष दिनेश पाण्डे ,पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीलगायतले बोल्दै डिजिटल पत्रकारिताको आवश्यकता र महत्व रहेकोले सहभागी पत्रकारहरूले तालिमबाट थप शुव्यवस्थित र सशक्त रुपमा अगाडि बढ्न सहज हुने धारणा राखेका थिए।

कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ पत्रकार तथा प्रशिक्षक उज्ज्वल आचार्यले प्रशिक्षण दिँदै डिजिटल पत्रकारिता र प्रविधिको उपयोग बारे प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रममा बोल्दै संचारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, प्रेस चौतारी रुपन्देही अध्यक्ष भगवती पाण्डे ,प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल ,प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल ,समाजवादी प्रेस संगठन रूपन्देहीका अध्यक्ष विनोद परियार ,प्रगतिशील पत्रकार संघ रुपन्देहीका अध्यक्ष वीरेन्द्र कुँवर लगायतले बोल्दै बिहिबारको प्रशिक्षणबाट अनलाइन पत्रकारिताका विषयमा थप ज्ञान प्राप्त गरेको धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...