कर्मचारी लगायतका रोकिएका ऐन संशोधन गर्न सरकार लागेको छ : एमाले उपमहासचिव ज्ञवाली
रुपन्देही
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सुशासन, समृद्धि र कर्मचारी लगायतका संविधानमा गर्नुपर्ने संशोधनका विषयहरूमा पुरा गर्न लागेको बताए। नेपाल निजामती कर्मचारी संगठन रूपन्देही शाखाको १२औं जिल्ला अधिवेशन मा बोल्दै ज्ञवालीले वर्तमान सरकारले बिग्रँदै गएको देशको आर्थिक अवस्थामा सुधार ,विकास निर्माणका काममा तीव्रता, सहकारी लगायतका क्षेत्रमा देखिएका विकृति हटाउन सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउने, असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको बताए।
ज्ञवालीले सरकारले भूपरिवेष्ठित मुलुकलाई मित्र राष्ट्रहरूको साथमा भूजडित बनाउने ,देशमा रोजगार सिर्जना गर्ने ,नागरिकलाई उत्पादनसँग जोड्ने, देशमा सम्भावना रहेका उद्योग विस्तार गर्ने, कृषिमा आधुनिकरण गर्ने व्यावसायीकरण गर्ने ,पर्याप्त विद्युत उत्पादन गरी निर्यातबाट आम्दानी गर्ने, पर्यटनको विकास गर्ने जस्ता विषयमा सरकार कतिबद्ध ...








