समाचार

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

Breaking news 2, ताजा अपडेट, समाचार
१३ जेठ, पोखरा । पोखराको सूर्यदर्शन सहकारीमा अध्यक्ष बन्न गितेन्द्रबाबु (जीबी) राईले बाटो छेकेपछि बागलुङ र कास्कीमा आफैं सहकारी खोलेर मनमौजी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दुबै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो । असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ । ...
चालू खाता र शोधनान्तर बचतमा

चालू खाता र शोधनान्तर बचतमा

समाचार
काठमाण्डौ – चालू आर्थिक वर्षको नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अनुसार यस अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड  रुपैयाँले बचतमो थियो । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव २ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६ दशमलव ४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७ दशमलव ३ प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको...
युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी

युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
पोखरा नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको नयाँ नेतृत्वका लागि सुमन पुरीले पार्टी अध्यक्षको दबाबमा टसको मस नभएपछि अन्ततः चुनाव हुने भएको छ। वर्तमान कमिटीमा अध्यक्ष रहेका क्षितिज थेबेलाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उप महासचिव पृथ्वी सुब्बा गुरुङ मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल पूर्व अध्यक्ष महेश बस्नेत समेतले दबाब दिए पनि वर्तमान कमिटीमै महासचिव रहेका सुमन पुरीले अध्यक्षको दाबी नछोडेपछि निर्वाचनको तयारी गरिएको छ।  यसअघि उपाध्यक्ष समेत भैसकेका सुमन पुरीलाई नवौं महाधिवेशनका बेला नेताहरूले नै अर्को पटक अध्यक्ष बनाउने आश्वासन दिएर महासचिव बनाएको भन्दै प्रतिनिधीहरुले समेत उ बेलाको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्व अध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एम...
विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

विपन्न वर्गमुखी बनौँ द्वन्द्व अन्त्य गरौं

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
आर्थिक वर्गीयताका हिसाबले समाजमा सम्पन्न वर्ग ,मध्यम वर्ग र विपन्न वर्ग गरी तीन वर्गमा विभाजन भएको देखिन्छ। प्रति व्यक्ति आय दैनिक २० डलर भन्दा माथि हुनेहरूलाई सम्पन्न वर्ग मानिन्छ। हाम्रो देशमा १ लाख सम्पन्न वर्गभित्र पर्दछन्। दैनिक दुई डलरदेखि २० डलरसम्म प्रतिव्यक्ति आए हुनेहरू मध्यम वर्गमा पर्छन्। यो वर्ग विभिन्न तथ्याङ्क अनुसार २३प्रतिशत रहेको छ। त्यसैगरी दैनिक दुई डलर भन्दा कम प्रतिव्यक्ति आय हुनेहरू विपन्न वर्गमा पर्दछन्। सम्पन्न वर्गहरू नेपालको सन्दर्भमा हरेक हिसाबले अझ बढी सबल बन्दै गएको देखिन्छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकमा राज्यको सम्पूर्ण शक्ति यी वर्गको हातमा रहेको देखिन्छ। पैसा र पावरको दुरुपयोग गरी विभिन्न विकृति पनि मौलाएको देखिन्छ । सम्पन्न वर्गले मध्यम वर्ग र विशेषगरी विपन्न वर्गलाई हरेक हिसाबले अगाडि बढाउन साथ सपोर्ट दिनुपर्ने हुन्छ। तर विभिन्न कोणबाट शोषण भइ...
६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा आज आइतबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार राति पनि कोसी प्रदेश र मधेस प्र...
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकार दृढ रहेको स्पष्ट पारे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्न प्रभावकारी व्यवस्था मिलाइने जानकारी पनि दिए । ‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिनेछ । ती सुझावहरूलाई सरकारको तर्फबाट विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भने । उहाँले नीति तथा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने प्रमुख दस्तावेज भएको उल्लेख गर्दै...
अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । आज यहाँ सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबसाल्ने जिकिर गरे ।   गृहमन्त्री लेखकले अगाडि भन्नुभयो,“गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।” उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीत...
रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो  ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ । ...
आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ। आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा  चट्याङ्गसहित हल्काद...
बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण

बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.मा पहिलो पटक एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण (टोटल नी रिप्लेसमेन्ट) गरिएको छ। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. उत्सव रेग्मीको नेतृत्वमा गरिएको उक्त शल्यक्रिया बुटवल क्षेत्रमा पहिलो भएको चिकित्सकहरुको दाबी छ। गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियामा बस्दै आएकी ५३ वर्षीया पुर्णकला सोमैको शल्यक्रिया विगत केही समयदेखि घुंडाको जोर्नी खिइने गम्भीर समस्या (अस्टिओआर्थराइटिस)का कारण गरिएको हो। घुँडामा अत्यधिक पीडा हुनुका साथै जोर्नी बाङ्गिएको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी उनीले बुटवल हस्पिटलमा उपचार सम्भव हुने थाहा पाएपछि त्यहीं उपचार गराउने निर्णय गरेकी थिइन्।डा. रेग्मी नेतृत्वको टिमले विश्वप्रसिद्ध अमेरिकन कम्पनी ‘म्याक्स’को कृत्रिम जोर्नी प्रयोग गरेर विग्रिएको जोर्नी हटाई नयाँ जोर्नी प्रत्यारोपण गरेको हो। शल्यक्रिया सम्पन्न भएको...