चालू खाता र शोधनान्तर बचतमा


काठमाण्डौ – चालू आर्थिक वर्षको नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अनुसार यस अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड  रुपैयाँले बचतमो थियो । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव २ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा व्यापार घाटा ६ दशमलव ४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७ दशमलव ३ प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो वृद्धिदर १५ दशमलव २ प्रतिशत रहेको थियो ।  

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...