चालू खाता र शोधनान्तर बचतमा


काठमाण्डौ – चालू आर्थिक वर्षको नौ महिनामा चालू खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा अनुसार यस अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर तीन खर्ब ६५ अर्ब १६ करोड  रुपैयाँले बचतमो थियो । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव २ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा व्यापार घाटा ६ दशमलव ४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७ दशमलव ३ प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो वृद्धिदर १५ दशमलव २ प्रतिशत रहेको थियो ।  

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...