युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी


पोखरा

नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको नयाँ नेतृत्वका लागि सुमन पुरीले पार्टी अध्यक्षको दबाबमा टसको मस नभएपछि अन्ततः चुनाव हुने भएको छ।

वर्तमान कमिटीमा अध्यक्ष रहेका क्षितिज थेबेलाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उप महासचिव पृथ्वी सुब्बा गुरुङ मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल पूर्व अध्यक्ष महेश बस्नेत समेतले दबाब दिए पनि वर्तमान कमिटीमै महासचिव रहेका सुमन पुरीले अध्यक्षको दाबी नछोडेपछि निर्वाचनको तयारी गरिएको छ। 

यसअघि उपाध्यक्ष समेत भैसकेका सुमन पुरीलाई नवौं महाधिवेशनका बेला नेताहरूले नै अर्को पटक अध्यक्ष बनाउने आश्वासन दिएर महासचिव बनाएको भन्दै प्रतिनिधीहरुले समेत उ बेलाको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्व अध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन रहेको चर्चा गरिएको छ। 

प्रतिनिधीहरुले थेवे र पुरीको पक्षमा नाराबाजी गरेपछि निर्वाचन समितिले मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइ सकेको छ। निर्वाचनका लागि शनिवार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेको थियो। 

युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले सहमतिका लागि प्रयास भइरहेको बताए पनि अध्यक्ष मण्डललाई प्रतिनिधीहरुले निर्वाचनबाट नेतृत्व छान्न नदिए राम्रो नहुने चेतावनी दिए पछि निर्वाचनको तयारी गरिएको बताइएको छ। 

‘हामीले सकेसम्म निर्वाचन गर्न नपरोस् सर्व सहमति होस् भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘सहमति भएन भने निर्वाचनको प्रक्रिया अघि बढ्छ।’

नेतृत्व चयनमा पार्टीका नेताहरूले दबाब दिएपछि केन्द्रीय आयोगहरूको प्रतिनिधिमा समेत विवाद सुरु भएको छ। युवा सङ्घमा निर्वाचन, अनुशासन, लेखा र युवा विज्ञ परिषद् गरी चार वटा आयोग छन्। आयोगका कतिपय सदस्यहरूलाई शपथ ग्रहण समेत नगराई अध्यक्ष थेवेले प्रतिनिधि बनाएर एकलौटी गर्न खोजेको आरोप लागेको छ।   

पोखरामा शनिवार वाट सुरु भएको युवा सङ्घको महाधिवेशनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधि सहभागी छन्।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...