युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी


पोखरा

नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको नयाँ नेतृत्वका लागि सुमन पुरीले पार्टी अध्यक्षको दबाबमा टसको मस नभएपछि अन्ततः चुनाव हुने भएको छ।

वर्तमान कमिटीमा अध्यक्ष रहेका क्षितिज थेबेलाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उप महासचिव पृथ्वी सुब्बा गुरुङ मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल पूर्व अध्यक्ष महेश बस्नेत समेतले दबाब दिए पनि वर्तमान कमिटीमै महासचिव रहेका सुमन पुरीले अध्यक्षको दाबी नछोडेपछि निर्वाचनको तयारी गरिएको छ। 

यसअघि उपाध्यक्ष समेत भैसकेका सुमन पुरीलाई नवौं महाधिवेशनका बेला नेताहरूले नै अर्को पटक अध्यक्ष बनाउने आश्वासन दिएर महासचिव बनाएको भन्दै प्रतिनिधीहरुले समेत उ बेलाको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्व अध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन रहेको चर्चा गरिएको छ। 

प्रतिनिधीहरुले थेवे र पुरीको पक्षमा नाराबाजी गरेपछि निर्वाचन समितिले मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइ सकेको छ। निर्वाचनका लागि शनिवार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेको थियो। 

युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले सहमतिका लागि प्रयास भइरहेको बताए पनि अध्यक्ष मण्डललाई प्रतिनिधीहरुले निर्वाचनबाट नेतृत्व छान्न नदिए राम्रो नहुने चेतावनी दिए पछि निर्वाचनको तयारी गरिएको बताइएको छ। 

‘हामीले सकेसम्म निर्वाचन गर्न नपरोस् सर्व सहमति होस् भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘सहमति भएन भने निर्वाचनको प्रक्रिया अघि बढ्छ।’

नेतृत्व चयनमा पार्टीका नेताहरूले दबाब दिएपछि केन्द्रीय आयोगहरूको प्रतिनिधिमा समेत विवाद सुरु भएको छ। युवा सङ्घमा निर्वाचन, अनुशासन, लेखा र युवा विज्ञ परिषद् गरी चार वटा आयोग छन्। आयोगका कतिपय सदस्यहरूलाई शपथ ग्रहण समेत नगराई अध्यक्ष थेवेले प्रतिनिधि बनाएर एकलौटी गर्न खोजेको आरोप लागेको छ।   

पोखरामा शनिवार वाट सुरु भएको युवा सङ्घको महाधिवेशनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधि सहभागी छन्।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...