नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य


दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकार दृढ रहेको स्पष्ट पारे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्न प्रभावकारी व्यवस्था मिलाइने जानकारी पनि दिए ।

‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिनेछ । ती सुझावहरूलाई सरकारको तर्फबाट विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भने ।

उहाँले नीति तथा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने प्रमुख दस्तावेज भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत सम्वोधनसहितको विनियोजन विधेयक प्रस्तुत गरिने जानकारी दिए ।

‘यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित छ । हामीले कार्यान्वयन योग्य नीति तथा कार्यक्रम ल्याएका छौं । विगतका योजनाहरूको विश्लेषण, साधन(स्रोतको सीमा, अन्तरसम्वन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेका छौं,’ उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले सरकार अहिले बस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारीमा रहेको पनि जानकारी दिए ।

दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यहरूले सुझावसहित आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...