समाचार

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ...
रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा गएको मङ्गलवार आएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या ११ जना पुगेको छ । त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै ज्यान जानेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ । बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४...
रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मी जिल्लाको एक पालिका प्राकृतिक रुपले अत्यन्तै रमणीय ठाउँ हो बिगत पालिका स्थपना पस्चात आज ८ बर्ष सम्म कुनै किसिमले नलागेको कालो धब्बा अहिले सामाजिक सन्जाल तथा बिस्वब्यापि रुपमा ब्याप्त छ। आर्थिक र सामाजिक हिसाबले गौरव गरिएको पालिका पछिल्लो समयमा आर्थिक रुपमा दिनप्रदिन बिवादित भएको छ। आन्तरिक रुपमा अनेकन विषयमा आर्थिक अनियमितता भयको प्रष्टरुपमा देखिन्छ कृषकलाई अनुदानमा वितरण गरिएको सामाग्री खरिदमा जुकि मेसिन खरिदमा समेत आर्थिक विवाद भएपछि गुपचाप मै मिलाईएको खबर छ। कैयौं विषय त फोन मार्फत दबाव दिई बाहिर नल्याउन र थप प्रलोभन दिई आश्वासन सहित मिलाईएको पाइन्छ। बिधालयका लागि Smart Board खरिद काण्ड भने गोप्य रहन सकेन। लुम्बिनी प्रदेश सरकार र पालिका बाट गरि रु ३५ लाख को प्रबिधिमैत्री शिक्षा र गुणस्तर वृद्धि का लागि बिनियोजित बजेटमा रुरुक्षेत्र गाउँ पालिका को कार्यपालिका ...
गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुरु पुर्णिमाको अवसर पारेर आज योग प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । असार २६ गते बिहिवार  ( आज ) एक कार्यक्रमको बिच योग साधनास्थल देविनगरमा गुरुहरुलाई सम्मान गरिएको हो । बिगत लामो समय देखि फ्रि योग साधना द्धारा निशुल्क रुपमा संचालन गरिएको योगा तथा जुम्मा डान्स देविनगरका मुख्य प्रशिक्षक विष्णुमाया श्रेष्ठ,ठग बहादुर श्रेष्ठ त्यस्तै सहायक प्रशिक्षकहरु सरिता खड्का, सुमी राना, पिनिसा थापा, इन्द्र थापालाई सम्मान गरिएको योग प्रशिक्षार्थी पदम जि सी&nbs...
आज गुरुपूर्णिमा मनाइँदै

आज गुरुपूर्णिमा मनाइँदै

Breaking news 1, ताजा अपडेट, लेख रचना, समाचार, स्थानीय
२६ असार, काठमाडौं । आज  आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा...
दुई दिनदेखि हराईरहेका रोल्पाको थबाङ गाउँपालिकाका कर्मचारि  गुल्मीबाट सम्पर्कमा

दुई दिनदेखि हराईरहेका रोल्पाको थबाङ गाउँपालिकाका कर्मचारि  गुल्मीबाट सम्पर्कमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौँ : दुई दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी बिहीबार बिहान सम्पर्कमा आएका छन्।  २४ गते बिहान कार्यालयमा मोबाइल नेटवर्क नआएको भन्दै गाडी चढेर रुकुम पूर्वतर्फ हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी मंगलबार र बुधबार सम्पर्कविहीन भएका थिए। कर्मचारी सम्पर्कमा नआएपछि पछि गाउँपालिकाकाले बुधबार सूचना निकालेको थियो ।  उनीहरू आज बिहान टेलिफोन सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए। अध्यक्ष बुढाका अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले आज बिहान टेलिफोन गरी आफूहरू गुल्मीमा रहेको जानकारी दिएका छन्। २४ गते बिहान भुक्तानी गर्नुपर्ने अवस्थामा मोबाइलमा नेटवर्क नआएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर सहित सहायक प्रशासन पाँचौ हरिश माझी...
बुटवलको बजेट सर्वसम्मत पारित: शिक्षा,स्वास्थ,पर्यटन र कृषिमा प्राथमिकता

बुटवलको बजेट सर्वसम्मत पारित: शिक्षा,स्वास्थ,पर्यटन र कृषिमा प्राथमिकता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य र्यटकको आगमनमा वृद्धि गर्ने अभियान सञ्चालन गर्ने योजना बुटवलबुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।बुधबार बसेकाे नगर सभाको १७ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो । बजेटसँगै नगर सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ । सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समितिकाे प्रतिवेदन पारित भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । सभाको समापनका अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स...
गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो। तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चाल...
संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधित स्वरूपमा प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाबाट प्राप्त संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गर्दै विधेयकलाई अघि बढाएको हो। मंगलबार राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिए। जवाफपछि सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो। अब सभामुख घिमिरेले संशोधित विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन्। राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विधेयक राजपत्रमा प्रकाशित हुनेछ र त्यसपछि मात्र कानूनको रूप लिनेछ। ...
स्वास्थ्य बीमाबाट अब दुई लाखसम्मको उपचार सुविधा

स्वास्थ्य बीमाबाट अब दुई लाखसम्मको उपचार सुविधा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन्। आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताए। 'कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ,' उनले भनेका छन्। अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउनेछन् । यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बी...