महसुल नतिर्ने उद्योगको लाइन काट्नु व्यक्तिगत अहङ्कारको विषय होइन: कुलमान घिसिङ
काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल नतिर्ने ठुला उद्योगहरूको लाइन काट्ने कार्य कानुनसम्मत भएको स्पष्ट पारेका छन्। उनले लोडसेडिङको समयमा विशेष सुविधा पाएका उद्योगहरूले नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता नतिरेकाले प्राधिकरण लाइन काट्न बाध्य भएको बताएका छन्।घिसिङले शनिबार बिहान फेसबुकमा गरेको पोष्टमा भनेका छन्, जब देश अन्धकारमा डुबेको थियो, आमनागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएका थिए तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा, नेपाल विद्युत प्राधिकरणले कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो ।यो निर्णय नयाँ नभएको र विगतमा बक्यौता उठाउने चा...








