जेन-जीको राष्ट्रिय सम्मेलन भोली पाल्पामा हुने


पाल्पा
जेन-जीको राष्ट्रिय सम्मेलन शनिबार पाल्पामा हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। सम्मेलन तानसेन नगरपालिकाको सभाहलमा हुनेछ।

आन्दोलनमा रहेका विभिन्न समूहलाई एकीकृत गर्न सम्मेलन सफल हुने दाबी गरिएको छ। सम्मेलनले एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश दिने बताइएको छ। यहाँ कुन समूहको सम्मेलन हुने भन्नेबारे खुलाइएको छैन।

जिल्लाको सदरमुकाम तानसेनमा हुने सम्मेलनमा देशका ६५ वटा जिल्लाबाट जेनजी प्रतिनिधि, प्रदेश संयोजक, केन्द्रीय जेनजी अभियन्ता सहभागी रहने राष्ट्रिय सम्मेलनका अगुवा विज्ञान घिमिरेले बताए। ४०० भन्दा बढीे सहभागी रहने उनले बताए।

सम्मेलनले पाल्पा घोषणा पत्र जारी गर्नेछ। देशभरका जेनजीहरूलाई एकताबद्ध गरेर अगाडि बढ्न सम्मेलनले सहयोग गर्ने घिमिरेले बताए।

जेनजी विभिन्न खेमामा बाँडिएको अवस्था छ। जेनजीहरूको नेतृत्व गर्नेहरूबीच पनि चिनजान हुँदै गएको छ। सबै जेनजीहरूलाई एकै ठाउँमा ल्याउन सम्मेलन सफल हुने उनले दाबी गरे। जतिसक्दो छिटो सबै समूह एक ढिक्का बनाउने गरी अभियान थालिएको घिमिरेले बताए।

पाल्पाका जेनजी अगुवा उमेश भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्दै राष्ट्रिय एकता स्थापित गर्न पाल्पाको सम्मेलन महत्वपूर्ण हुने दाबी गरे।

उनले भने, ‘गलत नगर्नेहरू जेनजीसँग डराउनु पर्दैन’, भण्डारीले भने, ‘भ्रष्टाचार गर्नेहरूलाई भने हामीले खबरदारी गर्नेर्छौ।’

सम्मेलनमा युवाको आवाजलाई राष्ट्रियस्तरमा पुर्‍याउने, शिक्षामा सुधार, रोजगारीको अवसर र नेतृत्व विकासको ठोस योजना सार्वजनिक गरिने, जेनजी बडापत्र सार्वजनिक गरिने, जेनजी आन्दोलनका क्रममा मृत्यु भएका जेनजीहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरिने, स्थानीय तहका जनप्रतिनिधिहरूको परिचयका लागि स्थानीय तहका प्रमुखहरूको तस्वीर प्रदर्शन गरिने अर्का जेनजी अगुवा सुशील बस्यालले बताए।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...