जेन-जीको राष्ट्रिय सम्मेलन भोली पाल्पामा हुने


पाल्पा
जेन-जीको राष्ट्रिय सम्मेलन शनिबार पाल्पामा हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। सम्मेलन तानसेन नगरपालिकाको सभाहलमा हुनेछ।

आन्दोलनमा रहेका विभिन्न समूहलाई एकीकृत गर्न सम्मेलन सफल हुने दाबी गरिएको छ। सम्मेलनले एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश दिने बताइएको छ। यहाँ कुन समूहको सम्मेलन हुने भन्नेबारे खुलाइएको छैन।

जिल्लाको सदरमुकाम तानसेनमा हुने सम्मेलनमा देशका ६५ वटा जिल्लाबाट जेनजी प्रतिनिधि, प्रदेश संयोजक, केन्द्रीय जेनजी अभियन्ता सहभागी रहने राष्ट्रिय सम्मेलनका अगुवा विज्ञान घिमिरेले बताए। ४०० भन्दा बढीे सहभागी रहने उनले बताए।

सम्मेलनले पाल्पा घोषणा पत्र जारी गर्नेछ। देशभरका जेनजीहरूलाई एकताबद्ध गरेर अगाडि बढ्न सम्मेलनले सहयोग गर्ने घिमिरेले बताए।

जेनजी विभिन्न खेमामा बाँडिएको अवस्था छ। जेनजीहरूको नेतृत्व गर्नेहरूबीच पनि चिनजान हुँदै गएको छ। सबै जेनजीहरूलाई एकै ठाउँमा ल्याउन सम्मेलन सफल हुने उनले दाबी गरे। जतिसक्दो छिटो सबै समूह एक ढिक्का बनाउने गरी अभियान थालिएको घिमिरेले बताए।

पाल्पाका जेनजी अगुवा उमेश भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्दै राष्ट्रिय एकता स्थापित गर्न पाल्पाको सम्मेलन महत्वपूर्ण हुने दाबी गरे।

उनले भने, ‘गलत नगर्नेहरू जेनजीसँग डराउनु पर्दैन’, भण्डारीले भने, ‘भ्रष्टाचार गर्नेहरूलाई भने हामीले खबरदारी गर्नेर्छौ।’

सम्मेलनमा युवाको आवाजलाई राष्ट्रियस्तरमा पुर्‍याउने, शिक्षामा सुधार, रोजगारीको अवसर र नेतृत्व विकासको ठोस योजना सार्वजनिक गरिने, जेनजी बडापत्र सार्वजनिक गरिने, जेनजी आन्दोलनका क्रममा मृत्यु भएका जेनजीहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरिने, स्थानीय तहका जनप्रतिनिधिहरूको परिचयका लागि स्थानीय तहका प्रमुखहरूको तस्वीर प्रदर्शन गरिने अर्का जेनजी अगुवा सुशील बस्यालले बताए।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...