एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता गर्ने निर्णय



काठमाडौँ
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ।
बुधबारदेखि सुरु भएको बैठक शुक्रबार सकिएको थियो । अध्यक्ष माधवकुमार नेपालले बैठकमा माओवादी केन्द्र र नेसपासँगको एकताको प्रस्ताव प्रस्तुत गरेका थिए । अध्यक्ष नेपालको प्रस्तावलाई बहुमतले अनुमोदन गरेको हो ।
साथै, बैठकले बाँकी गृहकार्य सचिवालयलाई अगाडि बढाउने अधिकार समेत सुम्पेको छ।

तर, करिब दर्जनभन्दा बढी नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता निर्णय गरे पनि केही नेताहरूले त्यसमा असहमति जनाएका हुन् ।

स्रोतका अनुसार एकता प्रक्रियामा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल एकतामा नजाने बताइसकेका छन्।

स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पनि माओवादी केन्द्रसँग एकतामा नजाने भएका छन् । पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि एकता प्रक्रियामा नजाने एक केन्द्रीय सदस्यले बताए।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...