लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीन छ: मुख्यमन्त्री आचार्य
सुरु भयो सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सवरुपन्देहीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताउनु भएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रह समेत गर्नुभयो ।रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को सोमबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभयो ।उहाँले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवद्र्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।मेला–महोत्सवम...








