स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी
काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ ।
रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), औषधि तथा खाद्यलगायत स्वास्थ्य सामग्री नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र स्वास्थ्य संस्थाको गुणस्तर मापन तथा प्रमाणीकरणका लागि नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटी (एनएचएए) स्थापना गर्ने अवधारणामा सरकारले काम अघि बढाएको हो ।स्वास्थ्य तथा खाद्य स्वच्छचता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको बदलिँदो आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नयाँ मोडलमा विकास गर्ने बताए ।अहिलेको स्वास्थ्य सेवा विभागको आधुनिक रूपमा विकास गर्ने अवधारणा छ । त्यसमा रोग नियन्त्रण तथा निगरानीसँगै अनुसन्धान, अध्ययन, एकेडेमिक काम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र प्रमाणमा आधारित स्वास्थ्य ...








