Author: संचार पत्र

अस्वाभाविक महँगी नियन्त्रण गर

अस्वाभाविक महँगी नियन्त्रण गर

फिचर, सम्पादकिय
] कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि— सानो बहाना पाउनु हुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन् । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । स्वाभाविक सीमाभन्दा बढी मूल्य वृद्धि हुन नदिने आफ्नो दायित्वलाई सरकारले सम्पूर्ण रूपमा भुलेको छ । निश्चय पनि अहिले विश्वबजारमै इन्धन लगायत विभिन्न वस्तुहरूमा मूल्यवृद्धि भैरहेको छ । रुस–युक्रेन युद्ध लगायतका कारणले गर्दा भविष्यमा खाद्य संकटसमेत आउन सक्छ कि भन्ने भय सर्वत्र छ । यी दुवै सवालप्रति कतिपय देश चिन्तित देखिन थालिसकेका छन् । नेपाल सरकारलाई भने निकट भविष्यको मात्र होइन, अहिले ...
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
११ भदौ, बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पन्थीले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गर...
आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

Breaking news 1, ज्याेतिष, ताजा अपडेट, समाचार, समाज, स्थानीय
११ भदौ, बुटबल । आज भाद्र कृष्ण औंसी अर्थात  कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो । बुबाको मुख हेर्ने दिन पनि आजै आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र प...
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम

नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम

Breaking news 2, समाचार, स्थानीय
भाद्र १० , बुटबल पछिल्लो समय राजनिती प्रति नागरिकको वितृष्णा बढिरहेको बेला नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले पुण्य काम गरेर सबैको प्रसंसाको पात्र बनेको छ । राजनैतिक दल र भातृसंगठनहरु भाषण र कुरा गर्ने काम नगर्ने भन्ने सोच बढिरहेको बेला मञ्चले बृहत रक्तदान कार्यक्रम संचालन गरेर सबैको मन जितेको छ ।मञ्चले शुक्रबार रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेकोे मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिएको पुण्यकार्यमा प्रदेश सांसद खड्क केसिको प्रमुख आतिथ्यतारहेको थियो । प्र...
रेसुङ्गा बहुमुखी क्याम्पसलाई धरासायी बनाउने संचालक समिति र प्रशासन नेतृत्वले राजिनामा दिनुपर्ने एमालेको माग ।

रेसुङ्गा बहुमुखी क्याम्पसलाई धरासायी बनाउने संचालक समिति र प्रशासन नेतृत्वले राजिनामा दिनुपर्ने एमालेको माग ।

Breaking news 1, शिक्षा, समाज, स्थानीय
भदौ ९ ,गुल्मी ४० बर्ष देखि उच्च शिक्षा पठनपाठन गर्दै प्रतिष्ठित सस्थाको छवी बनाएको रेसुङ्गा क्याम्पस अहिले धरासायी अबस्थामा पुगेको छ । क्याम्पस प्रमुख लगायत संचालक समितीको असक्षमताको कारण क्याम्पस संकटमा पुगेको भन्दै नेकपा एमाले रेसुङ्गा नगरकिमिटील चासो देखाएको छ ।नेकपा एमाले रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले अप्रत्यासित रुपमा क्याम्पसमा संकटकाल घोषणा गरेको भन्दै त्यस्तो निर्णय गर्ने संचालक समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको हो ।४० बर्षदेखि उच्च शिक्षा प्रवाह गरेको क्याम्पसमा संकटकालको घोषणाले जिल्लामै उच्च शिक्षाबाट विद्यार्थीहरु बञ्चित हुने एमाले रेसुङ्गा नगरकमिटी अध्यक्ष हरी प्रसाद पोखरेलले बताउनु भएको छ । क्याम्पसको विकासमा सबे पक्षको भूमिका रहने भए पनि काँग्रेसले ला...
थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

Breaking news 1, समाचार
८ भदौ, काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १२३ जना होम आइसोलेसनमा रहेका छन् भने १७५ जना संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन् ।यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६१ पुगेको छ । ...
अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जानअर्गली पाल्पातानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।आधुनिक त...
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चद्धारा बृहत रक्तदान कार्यक्रम संचालन हुदै ।

नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चद्धारा बृहत रक्तदान कार्यक्रम संचालन हुदै ।

ताजा अपडेट, समाचार, स्थानीय
भाद्र ८ , बुटबलनेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले तिज पर्वको अवशर पारी बृहत रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । यहि भाद्र १० गते शुक्रबार बिहान ८ बजे रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन हुने भएको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ । तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिने हुदां पुण्यकार्यमा सहभागी हुनको लागी ईच्छुक व्यक्तिलाई थापाले आग्रह गर्नु भएको छ । नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंच राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउ...
गुल्मी  सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
८ भदौ, बुटबल ।। सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्...
आफ्नो अनुकुल नभएपछि अध्यक्षले  एजेन्डा वाईपास गरेको रुरुक्षेत्र कार्यपालिका सदस्यहरुको आरोप ।।

आफ्नो अनुकुल नभएपछि अध्यक्षले एजेन्डा वाईपास गरेको रुरुक्षेत्र कार्यपालिका सदस्यहरुको आरोप ।।

ताजा अपडेट, समाचार, स्थानीय
भदौ ८ ,गुल्मी।रुरुक्षेत्र गाउँ पालिकाकाे गाउँकार्यपालिकाकाे बैठक कार्यपालिका सदस्यहरुले मँगलबार बहिष्कार गरेका छन । मुख्य रुपले गाउँपालिका स्तरिय शिक्षा समिति गठनकाे विषयलाई लिएर कार्यपालिकाका बहुमत सदस्य द्वारा बैठक वहिष्कार गरेका हुन ।यस अघि कार्यपालिकाकाे बैठकमा एजेन्डाकै रुपमा प्रस्तुत भएकाे गाउँपालिका शिक्षा समितिमा रुरुगाउँ पालिका प्रमुखले प्रस्ताव गरेका व्यक्तिमा पालिकामा सहमति जुट्न नसकेपछि समिति गठन प्रक्रिया राेकिएकाे हाे ।हामीले पटक पटक गाउँपालिका शिक्षा समिति गठन गरौँ भन्यौँ तर गाउँपालिका प्रमुखले वेवास्ता गरेपछि हामी वाध्य भएर कार्यपालिका वैठक वहिष्कार गरेका हौँ कार्यपालिका सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका वडा न ३ का वडाध्यक्ष शेष नारायण पौडेलले बताए ।नीति विधि पद्धति सम्मत तरिकाले शिक्षा समिति गठन हुनुपर्छ कसैले पेलेर जाने नीति अवलम्वन गरे एमाले चुप लागेर नवस्ने ...