अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार


कृष्ण अन्जान
अर्गली पाल्पा

तानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।
विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।
फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।
हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।
एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।
आधुनिक तिजको दर जस्तो तडक भडक काहँ हो र यो दरमा त गाउँका अर्गानिक तरकारी र अन्य खान्कि पाक्दै थिए । भान्सामा पाकेको खान्कि पनि साँच्चै सात्विक र गाउँको उत्पादन थियो ।
हामीले गाउँका घरघरबाट भाँचेर ल्याएका तामामा आलु मिसाएका तरकारी ,गाउँकै शुद्ध गावाको तरकारी ,घिरम्लो र आलु को अर्को तरकारी र बोँगो र चना मिसाईएको अचार सँग खान अर्गलीमै उब्जेको सामा मनसुली चामलमा स्थानीय घिउ हालेर बनाईएको खाजा पकाएका छौँ खान्कि पकाउने काममा खटिएका बोधराज पाण्डे ,शिव ज्ञवाली र बिष्णु पाण्डेले एकैसाथ भने ।


गाउँटोलमा किन छुट्टाछुट्टै दर खाने कम्तिमा पनि सामाजिक सद्भभाव कायम होस भनेर नै सबैलाई एकैठाउँमा जम्मा गरेका हौँ फोस्रानका युवा नारायण पाण्डेले भने । दरखान ल्याईएका तरकारी चामल घिउ सबैले गाउँबाटै ल्याईएको हो भने स्थानीय जनचेतना आमा समुहले जोडेका भाँडाकुँडा मा दर पकाईएको थियो सबै व्यवस्थापन अष्टभुजा युवा क्लवले गरेको छ ।
विहान देखि शुरु भएको तिजको गित सँगै साँझ भजन समेत चल्ने तयारी छ । जन्माष्टमि को छैठौँ दिन भगवान कृष्णको छैँठिलाई समेत मध्य नजर गरेर राति बाह्र बजे सम्म भजन गरिने स्थानीय शिव शँकर पाण्डेले जानकारी गराए ।
वास्तवमा अत्यन्यै सद्भावका साथ यो अर्गलीको फोस्रानमा आयोजना गरिएको दरखाने जमघटले ठुला होटल हरुमा पुगेर दरखाने सम्भ्रान्त विचार माथि धावा मात्र बोलेको छैन कि यसबाट केही सिक्नु पर्ने अवस्था देखिएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...