अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार


कृष्ण अन्जान
अर्गली पाल्पा

तानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।
विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।
फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।
हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।
एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।
आधुनिक तिजको दर जस्तो तडक भडक काहँ हो र यो दरमा त गाउँका अर्गानिक तरकारी र अन्य खान्कि पाक्दै थिए । भान्सामा पाकेको खान्कि पनि साँच्चै सात्विक र गाउँको उत्पादन थियो ।
हामीले गाउँका घरघरबाट भाँचेर ल्याएका तामामा आलु मिसाएका तरकारी ,गाउँकै शुद्ध गावाको तरकारी ,घिरम्लो र आलु को अर्को तरकारी र बोँगो र चना मिसाईएको अचार सँग खान अर्गलीमै उब्जेको सामा मनसुली चामलमा स्थानीय घिउ हालेर बनाईएको खाजा पकाएका छौँ खान्कि पकाउने काममा खटिएका बोधराज पाण्डे ,शिव ज्ञवाली र बिष्णु पाण्डेले एकैसाथ भने ।


गाउँटोलमा किन छुट्टाछुट्टै दर खाने कम्तिमा पनि सामाजिक सद्भभाव कायम होस भनेर नै सबैलाई एकैठाउँमा जम्मा गरेका हौँ फोस्रानका युवा नारायण पाण्डेले भने । दरखान ल्याईएका तरकारी चामल घिउ सबैले गाउँबाटै ल्याईएको हो भने स्थानीय जनचेतना आमा समुहले जोडेका भाँडाकुँडा मा दर पकाईएको थियो सबै व्यवस्थापन अष्टभुजा युवा क्लवले गरेको छ ।
विहान देखि शुरु भएको तिजको गित सँगै साँझ भजन समेत चल्ने तयारी छ । जन्माष्टमि को छैठौँ दिन भगवान कृष्णको छैँठिलाई समेत मध्य नजर गरेर राति बाह्र बजे सम्म भजन गरिने स्थानीय शिव शँकर पाण्डेले जानकारी गराए ।
वास्तवमा अत्यन्यै सद्भावका साथ यो अर्गलीको फोस्रानमा आयोजना गरिएको दरखाने जमघटले ठुला होटल हरुमा पुगेर दरखाने सम्भ्रान्त विचार माथि धावा मात्र बोलेको छैन कि यसबाट केही सिक्नु पर्ने अवस्था देखिएको छ ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...