कवि लक्ष्मण ज्ञवालीको किसान कविता संङ्ग्रह अच्छा रहेछ ,
लेखक कृष्ण पौड्याल
पारिवारिक वातावरणले साहित्यिक पृष्ठभूमिमा हुर्केका लक्ष्मण ज्ञवालीको पहिलो काव्यकृति `किसान कविता सङ्ग्रह´ हातपर्यो । पुराना पुस्तक व्यवसायी , प्रचुर पारिवारिक साहित्यिक पृष्ठभूमि भएर पनि उमेरले तीनबिस काटेका लेखकको `यो पहिलो कृति हो ´ भन्दा मलाई नै आश्चर्य लागेको थियो । तर ढिलै होस् ! राम्रै होस् ! ´ भन्ने उखानलाई चरितार्थ गर्दै वास्तव मै अच्छा पुस्तक तयार गरेछन् कवि ज्ञवालीले । ज्ञवालीको `किसान कविता संङ्ग्रह´ प्राप्त भएछि पुस्तक समिक्षक वा समालोचकको भूमिकामा नभएर सर्वसाधारण पाठकका रुपमा दृष्टिभाव व्यक्त गर्न मन लाग्यो र तत्कालै टाइप गर्न थालेँ ।
साबिक गुल्मी छत्रकोट बोहा जन्मभूमि भएका सादगी,मृदुभाषी र सामाजिक स्वभावका लेखकको हालको बसाइ रुपन्देहीको तिलोत्तमा शंकरनगर हो । कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले प्रकाशन गरेको लेखक ज्ञ...








