विकास प्रेमि नेता प्रदिप ज्ञवाली कालिगण्डकी गाउँपालिका गाउँगाउँमा ।


कृष्ण अन्जान
अर्वेनि

नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली कालिगण्डकीका विभिन्न वडाहरुमा मतदाता र आम जनसमुदायका गुनासा सुन्न यतिबेला कालिगण्डकीका गाउँ गाउँमा हुनुहुन्छ ।
यसैक्रममा कालिगण्डकी गाउँपालिकाको वडा न १ को हर्मिचौर र वडा न २ को अर्वेनिमा आम जनता सँग छलफल अन्तरक्रिया र भेटघाटमा सहभागी हुनुभएको छ ।
दुवै वडामा आयोजित अन्तरक्रिया र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यो पटकको निर्वाचन देशको भविष्यसँग जोडिएकाले एमालेका लागि शान्तिपुर्ण सँघर्ष भएको बताउनु भएको छ ।
विकास र समृद्धि सँगै राष्ट्रियताको पक्षमा आत्मविश्वासका साथ लाग्दै गठवन्धनका विरुद्ध नेकपा एमालेलाई जिताउन सबै कार्यकर्ता हरुलाई आग्रह गर्नु भयो ।
अन्तरक्रियाकार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष बालशिँह काउछाले सबै कार्यकर्ता हरु नीति विधि र पद्धतिमा रहँदै एकढिक्का भएर लाग्न आह्वान गर्नु भयो ।
वडा न १ को हर्मिचौरमा भएको कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष खिमानन्द पाण्डे र वडा न २ अर्वौनीको कार्यक्रमको अध्यक्षता उपसचिव सागर न्यौपानेले गर्नु भएको थियो ।

गुल्मीको विकास का पर्यायवाची नेता ज्ञवालीको निरन्तर फलोअप मा १० औं बर्ष बन्न नसकेको रिडी को झुलुङ्गे पुल सम्पन्न भएको छ ।
जिल्लामा ४२ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक बनेको छ ,गुल्मीको रुरुक्षेत्र रानिबास शृङ्गेश्वर बहुमुखी क्याम्पस मा कृषि पढाइ हुन थालेको छ जस का कारण कृषि बिज्ञान पढ्न कै लागि जिल्ला बाहिर र केन्द्र धाउनु प्रर्ने बाध्यता हटेको छ । त्यस्तै जिल्ला मजुवा मा सिभिल इन्जिनियरिङ पढाइ हुन थालेको छ ।चर्को शुल्क बोकेर इन्जिनियरिङ अध्यायन को लागी जिल्ला बहिर र केन्द्र धाउनु प्रर्ने बाध्यता हटेको छ । नेता प्रदीप कुमार ज्ञवाली को पहल मा जिल्लामा रेसुङ्गा विमान स्थल तयार भएको छ ।जिल्ला मा २५ बेड को अस्पताल तयार भएको छ । जिल्लामा करोडौं को लागत मा अक्सिजन जिल्ला मै उत्पादन भएको छ,उहाँकै पहल मा जिल्ला मै पि सि आर टेष्ट हुन थालेको छ । नेता प्रदीप कुमार ज्ञवाली को पहल मा जिल्लाका विभिन्न ४० सडक कलोपत्रे को लागि बजेट बिनियोजन भइ काम थालनी भएको छ,केही मा ग्राभेल सकिएको छ । रिडी दिगाम शृङ्गा सडक, खज्याङ्ग चारपाला घुम्टि सडक ,त्यस्तै राष्ट्रय ठुला योजना नेता प्रदीप कुमार ज्ञवाली कै पहल मा सम्पन्न हुने क्रम मा छन । कालीगण्डकी करिडोर उहाँ को पहल मा चार बर्ष मा नयाँ ट्याक खोलेर पनि २१ किमि कालोपत्रे हुँदै छ त्यो सकिना साथ गुल्मी खण्डको दोस्रो बजेट बिनियोजको आधार तयार भएको रातो किताबमा रहेको छ।
त्यस्तै मदन भण्डारी राजमार्ग क र ख को कार्य धमाधम भइ रहेको छ। गुल्मी रिडी मा केन्द्र र प्रदेश सरकार को बराबरी बजेट बिनियोजन गरि प्रदेश गौरवको आयोजना चलिरहेको छ । यस बाहेक जिल्ला थुप्रै खानेपानी आयोजना अन्तरगत प्रत्येक गाउँ मा खाने पानी को योजना एक घर एक धारा को कार्य सम्पन्न भएका छन । दांैगामा मा बर्षौ देखि बिद्यमान खाने पनि समस्या समाधान भएको छ ।बलेटक्सार , च्युरेक भट्कुवा रिडी,शान्तिपुर, थानापती तम्घास छत्रकोट जस्ता ठाउँमा खाने पानी आयोजना केही सम्पन्न भएका छन भने केही अन्तिम चरण मा छन । जिल्ला का सबै क्षेत्रलाई समेट्ने गरि रिडी मा बृहत् चिस्यान केन्द्र निर्माणाधिन छ । गुल्मी को ठूलो लुम्पेक मा पहिरो जादा नेता ज्ञवाली तत्काल घटनास्थलआउनु भएको र लुम्पेक मा आइ घाईते लाई तुरुन्तै उपचार को लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको थियो,हाल ति बिरामी लाई उहाँकै पहल मा अध्ययन गरिरहेका छन,भने त्यहाँ नमुना बस्ती को कार्य सम्पन्न भएको छ । रुरु को बम्घा चौतारा लगाएत का ठाउमा प्रदीप ज्ञवाली आफै उपस्थितत भएर उद्वार तथा राहत र आवस्यक सहयोग गर्नु भएको छ। गुल्मी मा नेता ज्ञवाली सयौ सख्यामा साना ठुला सडक को लागि बजेट पार्नु भएको थियो । तर गठबन्धन सरकार आए पछि सो रकम कतौटी भएको छ । कटौती हुने मा रिडी–दीगाम– श्रीङ्गा सडक स्तर उन्नती तथा कालो पत्रे,र्खज्याङ्ग– चारपाला–गौडाकोट – मजुवा सडक , गुल्मी रणनैतिक योजना,लगाएत थुप्रै सडक कटौती भएको छ ।
विकासलाई विशेष महत्त्व दिएका प्रदिप कुमार ज्ञवाली कालिगण्डकीमा पुग्दा गाउँ गाउँमा जनताको व्यापक सहभागीता रहेको छ ।

छुटाउनुभयो कि ?

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...
लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...