विकास प्रेमि नेता प्रदिप ज्ञवाली कालिगण्डकी गाउँपालिका गाउँगाउँमा ।


कृष्ण अन्जान
अर्वेनि

नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली कालिगण्डकीका विभिन्न वडाहरुमा मतदाता र आम जनसमुदायका गुनासा सुन्न यतिबेला कालिगण्डकीका गाउँ गाउँमा हुनुहुन्छ ।
यसैक्रममा कालिगण्डकी गाउँपालिकाको वडा न १ को हर्मिचौर र वडा न २ को अर्वेनिमा आम जनता सँग छलफल अन्तरक्रिया र भेटघाटमा सहभागी हुनुभएको छ ।
दुवै वडामा आयोजित अन्तरक्रिया र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यो पटकको निर्वाचन देशको भविष्यसँग जोडिएकाले एमालेका लागि शान्तिपुर्ण सँघर्ष भएको बताउनु भएको छ ।
विकास र समृद्धि सँगै राष्ट्रियताको पक्षमा आत्मविश्वासका साथ लाग्दै गठवन्धनका विरुद्ध नेकपा एमालेलाई जिताउन सबै कार्यकर्ता हरुलाई आग्रह गर्नु भयो ।
अन्तरक्रियाकार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष बालशिँह काउछाले सबै कार्यकर्ता हरु नीति विधि र पद्धतिमा रहँदै एकढिक्का भएर लाग्न आह्वान गर्नु भयो ।
वडा न १ को हर्मिचौरमा भएको कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष खिमानन्द पाण्डे र वडा न २ अर्वौनीको कार्यक्रमको अध्यक्षता उपसचिव सागर न्यौपानेले गर्नु भएको थियो ।

गुल्मीको विकास का पर्यायवाची नेता ज्ञवालीको निरन्तर फलोअप मा १० औं बर्ष बन्न नसकेको रिडी को झुलुङ्गे पुल सम्पन्न भएको छ ।
जिल्लामा ४२ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक बनेको छ ,गुल्मीको रुरुक्षेत्र रानिबास शृङ्गेश्वर बहुमुखी क्याम्पस मा कृषि पढाइ हुन थालेको छ जस का कारण कृषि बिज्ञान पढ्न कै लागि जिल्ला बाहिर र केन्द्र धाउनु प्रर्ने बाध्यता हटेको छ । त्यस्तै जिल्ला मजुवा मा सिभिल इन्जिनियरिङ पढाइ हुन थालेको छ ।चर्को शुल्क बोकेर इन्जिनियरिङ अध्यायन को लागी जिल्ला बहिर र केन्द्र धाउनु प्रर्ने बाध्यता हटेको छ । नेता प्रदीप कुमार ज्ञवाली को पहल मा जिल्लामा रेसुङ्गा विमान स्थल तयार भएको छ ।जिल्ला मा २५ बेड को अस्पताल तयार भएको छ । जिल्लामा करोडौं को लागत मा अक्सिजन जिल्ला मै उत्पादन भएको छ,उहाँकै पहल मा जिल्ला मै पि सि आर टेष्ट हुन थालेको छ । नेता प्रदीप कुमार ज्ञवाली को पहल मा जिल्लाका विभिन्न ४० सडक कलोपत्रे को लागि बजेट बिनियोजन भइ काम थालनी भएको छ,केही मा ग्राभेल सकिएको छ । रिडी दिगाम शृङ्गा सडक, खज्याङ्ग चारपाला घुम्टि सडक ,त्यस्तै राष्ट्रय ठुला योजना नेता प्रदीप कुमार ज्ञवाली कै पहल मा सम्पन्न हुने क्रम मा छन । कालीगण्डकी करिडोर उहाँ को पहल मा चार बर्ष मा नयाँ ट्याक खोलेर पनि २१ किमि कालोपत्रे हुँदै छ त्यो सकिना साथ गुल्मी खण्डको दोस्रो बजेट बिनियोजको आधार तयार भएको रातो किताबमा रहेको छ।
त्यस्तै मदन भण्डारी राजमार्ग क र ख को कार्य धमाधम भइ रहेको छ। गुल्मी रिडी मा केन्द्र र प्रदेश सरकार को बराबरी बजेट बिनियोजन गरि प्रदेश गौरवको आयोजना चलिरहेको छ । यस बाहेक जिल्ला थुप्रै खानेपानी आयोजना अन्तरगत प्रत्येक गाउँ मा खाने पानी को योजना एक घर एक धारा को कार्य सम्पन्न भएका छन । दांैगामा मा बर्षौ देखि बिद्यमान खाने पनि समस्या समाधान भएको छ ।बलेटक्सार , च्युरेक भट्कुवा रिडी,शान्तिपुर, थानापती तम्घास छत्रकोट जस्ता ठाउँमा खाने पानी आयोजना केही सम्पन्न भएका छन भने केही अन्तिम चरण मा छन । जिल्ला का सबै क्षेत्रलाई समेट्ने गरि रिडी मा बृहत् चिस्यान केन्द्र निर्माणाधिन छ । गुल्मी को ठूलो लुम्पेक मा पहिरो जादा नेता ज्ञवाली तत्काल घटनास्थलआउनु भएको र लुम्पेक मा आइ घाईते लाई तुरुन्तै उपचार को लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको थियो,हाल ति बिरामी लाई उहाँकै पहल मा अध्ययन गरिरहेका छन,भने त्यहाँ नमुना बस्ती को कार्य सम्पन्न भएको छ । रुरु को बम्घा चौतारा लगाएत का ठाउमा प्रदीप ज्ञवाली आफै उपस्थितत भएर उद्वार तथा राहत र आवस्यक सहयोग गर्नु भएको छ। गुल्मी मा नेता ज्ञवाली सयौ सख्यामा साना ठुला सडक को लागि बजेट पार्नु भएको थियो । तर गठबन्धन सरकार आए पछि सो रकम कतौटी भएको छ । कटौती हुने मा रिडी–दीगाम– श्रीङ्गा सडक स्तर उन्नती तथा कालो पत्रे,र्खज्याङ्ग– चारपाला–गौडाकोट – मजुवा सडक , गुल्मी रणनैतिक योजना,लगाएत थुप्रै सडक कटौती भएको छ ।
विकासलाई विशेष महत्त्व दिएका प्रदिप कुमार ज्ञवाली कालिगण्डकीमा पुग्दा गाउँ गाउँमा जनताको व्यापक सहभागीता रहेको छ ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...