Author: संचार पत्र

देउवा निवास अगाडिको शंकास्पद झोलाभित्र माटो भेटियो

देउवा निवास अगाडिको शंकास्पद झोलाभित्र माटो भेटियो

Breaking news 2
९ भदौ, कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र माटो र माटो मुनि एउटा भाँडो भेटिएको जानकारी दिए ।आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो । स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । ‘सेनाको टोलीले शंकास्पद झोला खोतल्दा माटोभित्र भाँडो पाइयो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बोहराले  भने । टिफिन बक्स जस्तो देखिने त्यस भाँडोबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए । ...
रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
९ भदौ, काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् । गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्...
टोलटोलमा छायो तीजमिलन

टोलटोलमा छायो तीजमिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी
बुटवल नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा मानिने हरितालिका तीज गाउँ- सहर ,टोल अनि विभिन्न संघसंस्थामा मनाउन सुरु गरिएको छ । बुटबलको वडा नम्बर ८ सुक्खानगरमा भानु पारिजात टोल विकास संस्थाले शनिबार तीज मिलन तथा संस्थाको साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरुले समाजका राम्रा कुराहरूको प्रशंसा र नराम्रा कुराहरुको आलोचना गर्दै मौलिक गीत र नाच प्रदर्शन गरेका थिए । बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस्ता पर्वको माध्यमबाट समाजमा रहेका विकृति हटाउँदै राम्रा पक्षलाई दीर्घ जीवन दिन आवश्यक रहेको बताए। उनले यि र यस्ता पर्वले एकआपसमा भातृत्व विकास, नेतृत्व विकास र जनचेतना विस्तार गर्न सहयोग पुर्याउने बताए। संस्थाका अध्यक्ष भगवती ज्ञवालीले संस्थाका सदस्यहरूको एकआपसमा भावना साटासाट गर्ने ,मनोरञ्जन गर्ने ,भातृत्व विकास गर्ने र गीतका माध्यमबाट एकआपसमा सन्देश...
बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला

बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार
बुटवल रूपन्देहीको बुटवलमा रहेको डेल्टा कम्प्लेक्स २०८१असार ६ मा भएको आगालागिबाट करिब ४० करोडको सम्पत्ति जलेर नष्ट भएको थियो। सोही कम्प्लेक्समा जुत्ता चप्पलको सेल्स पनि लाग्ने गर्थ्यो। उक्त जुत्ताघरका सञ्चालक प्रकाश भुसालले शोकलाई शक्तिमा वदल्दै व्यापार मेला आयाेजना गरेका छन्। शुक्रबार वुटवलमा पत्रकार सम्मेलन मार्फत बोल्दै सञ्चालक भुसालले ६५% स्वदेशी उत्पादन रहने आफ्नो मेलामा ८उद्योगका ३० भन्दा बढी ३हजार भन्दा धेरै डिजाइन उपभोक्ताले छनोट गर्न पाउने बताए । नेपाली जुत्ताघरका केन्द्रीय उपाध्यक्ष सुरज भण्डारीले नेपालीहरूको मागलाई सम्बोधन गर्दै अधिकतम नेपाली उत्पादन आफूहरूले ल्याउने गरेको जिकिर गरे। उनले अहिले नेपाली जुत्ता भारतमा पनि आंशिक रुपमा बिक्री गरिएको भए तापनि यसलाई थप गरी अन्य मुलुकहरुमा पनि निर्यात गर्ने उद्देश्य रहेको बताए। बुटवलमा लाग्ने उक्त मेलाको छिमेकी जिल्लाहरु...
गाईजात्रामा दिवंगत आफन्तको सम्झना

गाईजात्रामा दिवंगत आफन्तको सम्झना

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
४ भदौ, काठमाडौं । दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रा सुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु भएको हो ।एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।यसबाट पनि रानीको मन शान्त...
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
४ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णय लिनुअगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरेका थिए । त्यसैले प्रतिबन्धमा प्रमुख दलहरुले मौन समर्थन जनाए । टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ । र, प्रतिबन्ध हटाउन माग गर्दै आएको...
बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
५ भदौ, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।असार २०७९ मा यस्तो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो । नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ । बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्...
कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

कर्मचारी संगठन रुपन्देहीले शुरु गरेको बृहत् हस्ताक्षर अभियान अब संयुक्त रुपमा संचालन हुने

ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, समाज, स्थानीय
बुटवल संयुक्त प्रेस विज्ञप्ती जारि गर्दै रुपन्देहिका कर्मचारि संगठनहरुले नेपाल संघीय राज्य संरचनामा गई संघीयताको प्रयोग र अभ्यासको क्रममा रहेकाे रसंघीय संरचनामा गएको लामो समय व्यतित हुँदा समेत संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरुलाई मार्गदर्शन गर्ने स निजामती सेवा ऐन जारी नहुँदा एकातर्फ संघीयताको प्रयोग र अभ्यासमा व्यवधानहरु सिर्जना भएका हुन भने अर्को तर्फ कर्मचारीका सेवा, सर्त र वृत्ती विकासमा गम्भिर असर पुगेको उल्लेख गरेका छन्। सार्वजनिक प्रशासनलाई स्वच्छ सक्षम, निश्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी एवं सहभागिता मूलक बनाई सार्वजनिक सेवामा जनताको सहज र समान पहुँच पुयाउने सरकारको उद्देश्यलाई व्यवहारमा लागु गर्न राष्ट्र सेवक कर्मचारीहरु अहोराव खटिरहेकाे वताईएकाे छ। 'प्रस्तावित निजामती सेवा ऐनको सन्दर्भमा राष्ट्रिय स्तरका ट्रेड युनियनको सक्रियतामा निजामती कर्मचारी...
उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो।  आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ।अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ।असारसम्म सेवा खाताअन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो। ...
एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

Breaking news 1
२ भदौ, काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्य...