बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला


बुटवल

रूपन्देहीको बुटवलमा रहेको डेल्टा कम्प्लेक्स २०८१असार ६ मा भएको आगालागिबाट करिब ४० करोडको सम्पत्ति जलेर नष्ट भएको थियो। सोही कम्प्लेक्समा जुत्ता चप्पलको सेल्स पनि लाग्ने गर्थ्यो। उक्त जुत्ताघरका सञ्चालक प्रकाश भुसालले शोकलाई शक्तिमा वदल्दै व्यापार मेला आयाेजना गरेका छन्।

शुक्रबार वुटवलमा पत्रकार सम्मेलन मार्फत बोल्दै सञ्चालक भुसालले ६५% स्वदेशी उत्पादन रहने आफ्नो मेलामा ८उद्योगका ३० भन्दा बढी ३हजार भन्दा धेरै डिजाइन उपभोक्ताले छनोट गर्न पाउने बताए । नेपाली जुत्ताघरका केन्द्रीय उपाध्यक्ष सुरज भण्डारीले नेपालीहरूको मागलाई सम्बोधन गर्दै अधिकतम नेपाली उत्पादन आफूहरूले ल्याउने गरेको जिकिर गरे। उनले अहिले नेपाली जुत्ता भारतमा पनि आंशिक रुपमा बिक्री गरिएको भए तापनि यसलाई थप गरी अन्य मुलुकहरुमा पनि निर्यात गर्ने उद्देश्य रहेको बताए।

बुटवलमा लाग्ने उक्त मेलाको छिमेकी जिल्लाहरुले पनि लाभान्वित हुने आयोजकको भनाइ छ । करिब ५ करोड व्यापारकाे लक्ष्य लिएको उक्त दोस्रो जुत्ता-चप्पल व्यापार मेलामा बेस ग्लोबल प्रा ली ,लालीगुराँस फुटवेर इन्डस्ट्रिज प्राली , शुभकामना फुटवेयर इन्डस्ट्रीज प्राली ,स्मार्ट सुज ईण्डष्ट्रिज प्राली , एक्सन सुज ईण्डष्ट्रिज प्रालि,शिखर सुज ईण्डष्ट्रिज प्रालि, पवित्रा सुज इन्डस्ट्रिज प्राली र रन सुज ईण्डष्ट्रिज प्रालीका उत्पादन रहनेछन् ।नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्ये मेला प्रदर्शनी पनि रहेकोले व्यापार मेलामा जोड दिईएकाे हाे।

Enter

You sent

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...