बुटवल डेल्टा कम्प्लेक्ससँगै ध्वस्त बनेको जुत्ता घरमा पुन: व्यापार मेला


बुटवल

रूपन्देहीको बुटवलमा रहेको डेल्टा कम्प्लेक्स २०८१असार ६ मा भएको आगालागिबाट करिब ४० करोडको सम्पत्ति जलेर नष्ट भएको थियो। सोही कम्प्लेक्समा जुत्ता चप्पलको सेल्स पनि लाग्ने गर्थ्यो। उक्त जुत्ताघरका सञ्चालक प्रकाश भुसालले शोकलाई शक्तिमा वदल्दै व्यापार मेला आयाेजना गरेका छन्।

शुक्रबार वुटवलमा पत्रकार सम्मेलन मार्फत बोल्दै सञ्चालक भुसालले ६५% स्वदेशी उत्पादन रहने आफ्नो मेलामा ८उद्योगका ३० भन्दा बढी ३हजार भन्दा धेरै डिजाइन उपभोक्ताले छनोट गर्न पाउने बताए । नेपाली जुत्ताघरका केन्द्रीय उपाध्यक्ष सुरज भण्डारीले नेपालीहरूको मागलाई सम्बोधन गर्दै अधिकतम नेपाली उत्पादन आफूहरूले ल्याउने गरेको जिकिर गरे। उनले अहिले नेपाली जुत्ता भारतमा पनि आंशिक रुपमा बिक्री गरिएको भए तापनि यसलाई थप गरी अन्य मुलुकहरुमा पनि निर्यात गर्ने उद्देश्य रहेको बताए।

बुटवलमा लाग्ने उक्त मेलाको छिमेकी जिल्लाहरुले पनि लाभान्वित हुने आयोजकको भनाइ छ । करिब ५ करोड व्यापारकाे लक्ष्य लिएको उक्त दोस्रो जुत्ता-चप्पल व्यापार मेलामा बेस ग्लोबल प्रा ली ,लालीगुराँस फुटवेर इन्डस्ट्रिज प्राली , शुभकामना फुटवेयर इन्डस्ट्रीज प्राली ,स्मार्ट सुज ईण्डष्ट्रिज प्राली , एक्सन सुज ईण्डष्ट्रिज प्रालि,शिखर सुज ईण्डष्ट्रिज प्रालि, पवित्रा सुज इन्डस्ट्रिज प्राली र रन सुज ईण्डष्ट्रिज प्रालीका उत्पादन रहनेछन् ।नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्ये मेला प्रदर्शनी पनि रहेकोले व्यापार मेलामा जोड दिईएकाे हाे।

Enter

You sent

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...